वृद्धभत्ताले बचाउँदै तीन जनाको परिवार, पेटभरि नखाएको आठ वर्ष भयो

 

धादिङ/घरमा खानेकुरा सकिँदै थियो सपना तामाङ खटाएर मात्र चामल खाना पकाउने भाँडोमा राख्दै हुनुहुन्थ्यो । पु¥याएर चामल हाल्नुपर्छ । नत्र हजरबुबाको वृद्धभत्ता आउने बेलासम्मका लागि पुग्दैन । थोरै तरकारी आँगन छेउमा लगाइएको छ । पुराना ओड्ने र लुगा लगाएर घरमा भेटिएकी सपना तामाङको दुःख शुरु भएको आठ वर्ष पुगेको छ ।
धुनीबेसी नगरपालिका–५ ढकालखोलाकी ११ वर्षीया सपना तामाङ, १० वर्षीया विपना तामाङ र उनका हजुरबुबा ७५ वर्षीय जेठा तामाङ वृद्धभत्ताको सहाराले बाँचिरहेको छन् ।
नौ वर्षअघि बाबुलाई मकवानपुरमा कर्तव्य ज्यान मुद्दा लागेर आमासमेत जेल परिन् । उनको आमालाई ज्यान मुद्दा ठहर नभएपछि रिहा हुनुभयो । आमाको सहारा पाइएला भन्ने सोचेकी सपना तामाङलाई झन् ठूलो दुःख आयो । आमाले छाडेर अर्केसँग विवाह गर्नुभयो ।
साना बच्चासमेत हेर्ने जिम्मेवारी सपनाका हजुरबुबालाई आयो । २÷३ वर्षका नातिनी हुर्काएर शिक्षा दिँदै आएका हजुरबुबा अब वृद्ध हुनुभयो । ११ वर्षको उमेरमा अरुका बाबुआमाले छोराछोरी स्याहार गरेको हेरेर चित्त बुझाएर बस्न बाध्य सपना परिवारको पाको मान्छेबन्न बाध्य हुनुभएको छ ।
गरबीले गाँजेको परिवारमा सबैभन्दा बढी समस्या पर्ने गर्छ भनेझैं सपना र विपनाको सहारा अहिले ७५ वर्षका हजुरबुबा हुनुहुन्छ । खाने अन्न छैन बारी त थोरै छ खेती गर्न सकिने अवस्थामा छैन ।
पुराना कालो भइसकेका पकाउने भाँडा अनि अगेनाको छेउमा ओछ्यान बनाएर सुत्ने गरेको सपना र विपना हजुरबुबाको वृद्धभत्ताले किनेको चामल बचाई–बचाई खान्छन् । योभन्दा बढी अब उनीहरुसँग कुनै आम्दानी छैन । कुनै समय वृद्धभत्ता ढिला आयो भने कयाँै दिनसम्म उनीहरु भोकै बसेको र छिमेकीहरुले खानेकुरा दिने गरेको सपनाले भक्कानिएर बताउनुभयो ।
‘विद्यालय जानका लागि पोशाक पुरानो भएको छ । यसबाहेक लगाउने लुगा उनिहरुसँग एकजोर त्यो पनि ज्यादै पुरानो अवस्थामा छ । खाना खाने भाँडासमेत छैन । पकाउने भाँडा कालो भएर प्वाल पर्न लागेको छ । यो अवस्था देख्दा सरकारको ध्यान किन नगएको होला ?’, सपनाले अध्ययन गर्ने विद्यालय त्रिकुटेश्वरी आधारभूत विद्यालयका शिक्षक सरस्वती रिमालले भन्नुभयो– ‘मेरो विद्यालयको एउटा विद्यार्थी भोकै बसेको म कसरी हेर्न सक्छु र ? म केही सहयोग गर्नेछु ।’ रिमालले स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
थोरै बारी भए पनि काम गर्ने मान्छे नभएपछि दुई नातिनीसहित बिचल्लीमा परेको ७५ वर्षीय सपनाका हजुरबुबा जेठा तामाङले बताउनुभयो।नेपाल समाचारपत्रबाट

Facebook Comments