सिरियामा बम पड्केको आवाज सुन्दा हाँस्ने एक तीनवर्षे बालिकालाई उद्धार

सिरियामा बम पड्केको आवाज सुन्दा हाँस्ने एक तीनवर्षे बालिकालाई उद्धार गरी टर्कीको एउटा सुरक्षित स्थानमा लगिएको छ।

साल्वा नाम गरेकी ती बालिकाका पिताले हवाई आक्रमण हुँदा निस्किने ठूलो आवाजबाट उनी भयभीत नहून् भनेर हाँस्न सिकाएका थिए।

गत महिना भाइरल भएको एउटा भिडिओका कारण उनी चर्चामा आएकी थिइन्।

त्यो भिडिओमा युद्धक विमानले बम आक्रमण गर्दा विस्फोटन भएको सुनेर उनी घरभित्र हाँसिरहेको देखिन्छ।

त्यसको एक हप्तापछि टर्कीको सरकारले ती बालिका र उनका अभिभावकलाई सीमा पार गरेर टर्की जान सहयोग गरेको बुझिएको छ।

Facebook Comments