- 1Share
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागी काठमाण्डु वासीलाई अत्यावश्यक काम बाहेक सरकारले बाहिर ननिस्कन आग्रह गरेको छ ।काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुन्जेलसम्मका लागि काठमाण्डौंका बासिन्दालाई अत्यावश्यक काम परेका बेला बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको जानकारी दिए ।
बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर तत्काललाई काठमाण्डौंमा कुनै पनि सभा / समारोह / ठूलो जमघटन नगर्न / नगराउन तथा भिडभाड नजान राजधानीका नारिककलाई आग्रह गरेका छौं, ‘अर्को निर्णय नहुन्जेलका लागि हामीले कुनै पनि सभा-समारोहका लागि अनुमति माग्न आएकालाई पनि हामीले अनुमति दिएका छैनौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने ।स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको समेतको निर्णय र आग्रहअनुसार यस्तो निर्णय गरिएको उनले बताए।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021