धनगढीमा सर्तकता अपनाईदै

 

धनगढी : कोरोना भाइरस (कोभिड १९) को संवेलनशिलताका लागि धनगढीमा सतर्कताका गतिविधीहरु गरिएका छन्। भारतको राजधानी दिल्लीमा कोरोना भाईरसको संक्रमण देखापरेको खवर बाहिर आएपछि नेपाल भारत सिमवर्ती सहर धनगढीमा सर्तकता अपनाईएको हो।

धनगढी उप–महानगरपालिकाको अगुवाईमा तीनवटै सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाको समन्वयमा त्रिनगरभन्सार नाकामा हेल्प डेस्क स्थापना गरिएको छ। हेल्प डेस्क २४ घण्टा खुला रहने धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले बताए। उनले भने, ‘भारतबाट फर्किनेहरुलाई स्वास्थ्य परीक्षण गर्ने, बिरामी भेटिएमा उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याउन एम्बुलेन्सको समेत ब्यबस्था गरिने छ।’

त्यसैगरी धनगढी उच्च सम्वेदनशील क्षेत्र भएको भन्दै शुक्रवार बिहान धनगढी उप–महानगरपालिकामा बसेको नगरशिक्षा समिति,शिक्षक संघ, संगठन, प्याप्सन , एनप्याप्सन र अन्य सरोकारवालाहरुको बैठकल उप–महानगरपालिका अन्तरगत संचालित सामुदायीक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षा लगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरु अर्को सूचना नभए सम्म २५ गतेदेखि लागु हुने गरी बन्द गर्ने निर्णय गरेको छ।

शिक्षा मन्त्रालयले चैत ६ गते भित्र कक्षा ९ सम्मको परीक्षा सम्पन्न गरिसक्ने भन्ने जानकारी आएको भएपनि हतारमा गर्नुभन्दा ढिलो गरि परीक्षा गर्ने सहमती भएको छलफलमा सहभागि शिक्षकहरुले बताएका छन्।

Facebook Comments