राष्ट्रिय ,अन्तर्राष्ट्रिय खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु अर्को सुचना प्रकाशित नभएसम्म स्थगित।

मिति २०७६/११/२२ गते माननीय युबा तथा खेलकुद मन्त्री ज्युको अध्यक्षतामा हालै मात्रै ब्यात्त कोभिड १९ कोरोना ले पार्ने प्रभाब तथा जोखिमलाइ न्यून कसरी गर्न सकिन्छ भन्ने बिषयमा छल्फल भएको छ।हाल विभिन्न राष्ट्रीय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता गर्ने सम्बन्धमा स्वास्थ तथा जनसंख्या मन्त्रालय सङ्ग समन्वय गरि उक्त मन्त्रालयको नितिगत निर्णयको आधारमा निर्णय गरिने जनाइएको छ।

यस सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्को समेत ध्यानाकर्षण भै उक्त कोरोनाको संक्रमण हुन सक्ने अति सन्बेदनसिलतालाइ ध्यानमा लिदै गोष्ठी , सेमिनार , पार्टी , सपिङ महल , सिनेमा हल तथा कुनैपनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु अर्को सुचना प्रकाशित नभएसम्मको लागि स्थगित गर्ने गराउने जानकारी दिइएको छ।

तपाइको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?