मेघौली । बागमती प्रदेशको पर्यटकीय गन्तव्य चितवनको मेघौलीमा आइतबारबाट सुरू भएको पाँचौँ मेघौली पर्यटन महोत्सव अन्तिम समयमा आएर समापन भएको छ ।
सरकारले कोरोना भाइरसको त्रासकै कारण ‘भ्रमण वर्ष–२०२०’ लाई स्थगित गरिसकेको अवस्थामा विश्वभर फैलँदै गएको कोरोना भाइरस संक्रमणलाई देखाउँदै मेघौली पर्यटन विकास समितिले निर्धारित अवधिभन्दा २ दिनअघि नै महोत्सव समापन गरेको हो । मेघौली पर्यटन विकास समितिले सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष–२०२० लाई लक्ष्य गर्दै यही फागुन १८–२४ सम्म पाँचौँ मेघौली पर्यटन महोत्सव सुरू गरेको थियो ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशका सांसद् कृष्ण भूर्तेलले मेघौली क्षेत्रका ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेका क्षेत्रहरु चिनाउने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सव कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआइसकेको अवस्थालाई मध्यनजर गर्दै रोक्नु परेको बताए ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021