कोरोना, करुणा र काठमाडौ

कोरोना, करुणा र काठमाडौ
सतिश निरौला


करिबकरिब हप्ता दिन अघि नेपालगन्ज बाट काठमाडौ बिमानस्थल उत्रिएको म केही दिनको एताको बसाई सकाएर आज नेपालगन्ज फर्किने तयारी मा छु । काठमाडौ आएको भोलिपल्ट स्कुटी लिएर काठमाडौ फन्कोमार्दै गर्दा आफैलाइ अनौठो लाग्दै थियो, सवारी साधन को चाप एकदम कमथियो, पहिलोपटक काठमाडौ शहर मा स्कुटी घुइक्याउदै गर्दा मलाई निकै सहज भैरहेको थियो ट्राफिक समस्या नहुदा तर अनौठो त्रास र तरंग भने म मा बार बार आइ नै रहे।


सधैं आउँदा देखिने त्यो ठेलमठेल र भिडभाड बाट टाढा थियो राजधानी निकै शान्त थियोे मानौं सिङ्गो राजधानी बिपस्यना मै थियो, न्युरोडमा मान्छे ठोक्किदै हिड्ने गल्ली सुनसान थिए, तितौरा, गुतपाक र पुस्टकारी दोकान का साहुजी का हात मोबाइल तिरै ब्यस्त थिए असरल्ल भुइँ भरी अकोरियम का सामान फिजाएर खैरे कुरेर बसेका ब्यापारी त्यो दिनभरी नेपाली अर्थात भेटिएका आन्तरिक पर्यटक फकाउदै गरेका भेटिन्थे बसन्तपुर दरबार क्षेत्र नि शान्तमय थियो।


कोरोनाको कहर काठमाडौ वरिपरि सहजै अनुभुती गर्न सकिने खालको थियो, बजारमा सिटामोल, राइनेक्स जस्ता औसधि धमाधम बिकिरहेका थिए भने साधरण र सस्ता मास्क असाधारण मुल्य मा बिकिरहेको थियो, म यसपटक को काठमाडौ यात्रामा हामीले नेपालगन्ज देखि रारासम्मको लागी तयारी गरिरहेको राराच्यालेन्ज-2020 को ब्रीफिङ्ग सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई लाई गर्न चाहन्थे उहाँ सङ्ग समय मिलाउन एउटा म्यासेज टेस्ट गरे सहजै भेट का लागी सिहदरबारको निम्तो मन्त्री ज्युबाट पाए नेपालगन्ज लाई माननीय पर्यटन मन्त्री ले दिएको रेस्पोन्सबाट खुशी हुँदै नेपालगन्ज साइक्लिङ्ग क्लबका उपाध्यक्ष रमेश मल्ल र म सिहदरबार पस्यो अनि हाम्रो प्रस्ताव मन्त्री ज्युलाइ बुझाइयो सदन मा जानुपर्ने भएका कारण लामो कुराकानी हुन नपाएनी हामीले आफ्ना कुरा सुनाइयो कोरोना प्रकोप को अवस्था का कारण १५ दिन कुरेर थप छलफल अघि बढाउने मन्त्री ज्युको सकारात्मक भनाइ सङ्गै हामी सिहदरबार बाट बाहिरिएउ।


हाम्रो अर्को मिसन थियो ” ग्रेट बुद्धिस्ट ट्रेल” मा सहभागिता जनाउने जुन यही २३ गतेदेखि २६ गतेसम्म काठमाडौ स्वयम्भू देखि बुद्ध लुम्बिनी सम्मको थियो, नेवा सभ्यता र शाक्य ( बौद्ध ) सभ्यता लाई जोड्ने एउटा पर्यटकीय प्रोड्क्ट थियो यो साइकल यात्रा जसका परिकल्पनाकार थिए पर्यटनकर्मी बिक्रम पाडे काजी अन्तिम तयारी सहित को अन्तिम साझ स्वास्थ्य मन्त्रालय ले कार्यक्रम स्थगित को लागि पत्राचार गरेपछि कोरोना का कारण हाम्रो दोस्रो मिसन असफल भयो कार्यक्रममा सहभागिता का लागि नेपालगन्ज बाट आइपुगेको म, रमेश मल्ल , बाबुराम बि क र शिव चौधरी सहितको ४ सदस्यीय टोलि केहि निराश भैयो तर सो को भोलिपल्ट काठमाडौ का साइकले आदरणीय ब्याक्तित्व हरु दाजु पद्मेन्द्र कर्मचार्य, ओशोपुजारी सहित झन्डै दर्जन बढी साइकलेहरुले हामीलाई पाटनढोका बोलाइ गरेको संमान र हाम्रो लागी आयोजना गरिएको ” भोज” प्रती म आभारी छु र सधैं यो प्रेम र संमान याद गरिरहने नै छु। एस्तै अर्को भेटको अवसर बिश्व साइकल यात्री पुष्कर शाह सहित बिश्व साइकल सम्मेलन को टिम सङ्ग भयो म पनि त्यो टिम को सदस्य भएको हुँदा बिश्व भर देखिएको कोरोना प्रभाव र २०२० मा नेपाल मा हुने बिश्व साइकल सम्मेलन को कामलाई कसरी अगाडि बढाउने भन्ने छ्लफल सहितको बैठक उपलब्धि मुलुक बन्यो।


कोरोना को सन्त्रास सङ्गै सबै मा करुणा जाग्नुपर्ने हो तर त्यसो देखिएन काठमाडौ मा ग्यास र खाद्य सामाग्री का साथै सिटामोल लगायत का औसधि र ह्यान्ड सेनिटाइजर माक्स को अभाव भएको र यो अभाव बढ्दै जाने हल्ला चुलिदै गएको सुनिन्थ्यो मानिस मा कोभिड१९ कोरोना भाइरस भन्दा ग्यास लगायत अत्यावश्यक खाद्य तथा औसधि जन्री सामाग्री को अभाव को बढी चिन्ता र त्रासले सताएको सुनियो, देखियो।

भाइरस को बजार हल्ला जस्तो समस्या नदेखिएको भएपनी हाम्रो मुलुक को क्षमता र अवस्था का कारण उच्च जोखिममा चाहिँ हामी छौं नै तर यसको गलत फाइदा उठाउनु भन्दा सबै जना बाच्ने र बच्ने संकल्प सहित अप्ठ्यारो परिस्थिति लाई एक भएर सामना गरौं ।

Facebook Comments