कोरोना भाइरस र यसले पारेको प्रभाब।

रुक्मिनी सापकोटा
( साइकल तथा सरसफाइ अभियन्ता)

                कोरोना भाइरस भन्दा पहिले धेरै किसिमका भाइरस  आए गए तर अहिलेको जस्तो त्रास दिन सकेको थिएन तर अहिले यो रोगले सबैलाइ त्रसित गराएको छ।अहिले साना साना बच्चाहरुलाइ पनि कोरोनाको बारेमा जानकारी छ।अहिले त साना साना बच्चाहरुलाइ खोकी लागेपनी कोरोना लाग्यो मलाइ भन्दै जिस्किन थालेका छन।

यो भाइरसको कारण यतिबेला बिश्व नै हल्लिएको छ।बिश्व मा ठूलो भुकम्प आउदै गरेको या बिनास नै हुन खोजेको जस्तो देखिन थालेको छ।यो संगै केही व्यापारीहरु मौका छोपी कालो धन जम्मा गर्न सलबलाउन खोजेका छन।रु ५ पर्ने मास्क अहिले पाउन गार्हो छ र पाइहाले पनि रु १५०/२०० तिर्न परेको बाध्यात्मक स्थिती छ।अब केही समय पछि अत्याबस्यक चिजहरुलाइ पनि कृतिम अभाब देखाइ लुट्न पल्किने छन।

आजको दिनसम्म कोरोना भाइरसको प्रभाब नेपालमा देखिएको छैन तर पनि नेपालिहरु सबै यो रोगबाट त्रसित देखिन्छन।हिजोको ब्यस्त सहरहरु सुनसान हुन थालेका छन,सिनेमा हल ,सपिङ महल लगभग शून्य नै देखिन्छ।
यो भाइरसको कारणले बिश्व बजार नै सेलाएको छ।काठमाडौको मुख्य सडक तथा सहरहरु शून्य देखिन थालेको छ र अर्थतन्त्रलाइ नकारात्मक अशर पार्ने देखिन्छ र यसको असर नेपाललाइ पनि पार्नेछ।

यो कोरोना भाइरसले बिश्वलाई एउटा पाठ भने पक्कै सिकाएको छ र जीवन के हो र कसरी जिउने भन्ने आभास गराएको छ।अहिले विश्वका हरेक देश एक आपसमा तछाड मछाड गर्दै को ठूलो र को बलियो भन्ने होडबाजी चलेको छ।मानिसहरु मेसिन जस्तै भएर काम गरिरहेका थिए उनिहरुले पारिवारिक जीवन तथा ब्यक्तिगत जीवन रमाइलो सङ्ग मनाउन तथा बिताउन पाएका थिएनन्  केबल पैसाको पछाडि दौडी रहेका थिए।अब पक्कै पनि यो त्रासको बिचमा जिबनको मूल्य र मान्यतालाइ बुझ्ने नै छन। नेपाल सरकार पनि यो रोग प्रती उदासीनता देखाएको जस्तो देखिन्छ र ज्योतिषले जस्तो गरि ५ गते देखि या ७ गते देखि स्कुल कलेजको परिक्षा लिने र बिदा गर्ने जस्तो अपरिपक्क निर्णय गरिरहेको छ। के रोगले पनि दिनलाइ या गतेलाइ कुरेर आउने हो र?यो समय भनेको साबाधानी अपनाउने दिन हो र केही समय स्कुल कलेज बन्द गर्दैमा आकाश नै खस्ने चाहिँ होइन।सरकारको बिज्ञपति देख्दा नेपालमा कोरोना परिक्षा सकिएपछी मात्रै आउदैछ जस्तो भान हुन्छ।हामी सबै सचेत हुनु जरुरी छ जीवन भए पढाइ छ परिक्षा छ ।पढाइ तथा परिक्षा केही समय धकिलिए केही फरक पर्नेवाला छैन।

अहिले केही मिडियाले पनि हाउगुजी फैलाइरहेका छन कि पृथ्वी नै प्रलय हुन थाले जस्तो गरि।यो बेलामा सर्बसाधारणलाइ तर्साउने होइन धैर्य हुन सिकाउने हो।
कोरोना भाइरसबाट हुने रोगले सबैजना मर्ने होइन केही कमजोर , दिर्घजिबी रोग भएका ब्यक्तिहरुलाइ अशर भने पक्कै पार्छ  तेसैले यस्ता ब्यक्तिहरु बिशेश चनाखो हुनुपर्ने देखिन्छ।भाइरस आउन सक्ने सम्भाबित क्षेत्रबाट टाढा रहने ,झोलिलो तथा प्रोटिन भएका खाने कुरा खाने र ब्यायामहरु गर्ने बानिको बिकाश गर्नुपर्छ।

कोरोना भाइरस आकारमा ठूलो छ जसको कोषिय व्यास ४००-५०० माइक्रो हुन्छ , त्यसैले कुनै पनि मास्कले यसको प्रवेशलाई रोक्छ त्यसैले फार्मासिष्टले बेचिरहेको मास्क नै महंगो तिरेर किन्नु पर्छ भन्ने छैन । भाइरस हावामा बसोबास गर्दैन, तर भुइँमा रहन सक्छ त्यसैले यो हावा द्वारा प्रसारित हुँदैन।कोरोना भाइरस, जब यो धातुको सतहमा खस्छ, १२ घण्टा सम्म बाँच्नेछ, त्यसैले साबुन र पानीले हात धुनु नै यसको रोकथाम को उत्तम उपाय हुनजान्छ ।कोरोना भाइरस जब यो कपडामा खस्छ ९ घण्टा सम्म रहन्छ त्यसैले लुगा धोएर सूर्यमा दुई घण्टासम्म सुकायो भने भाइरसको सजिलैसँग मृत्यु हुन्छ ।भाइरस हातमा १० मिनेट जति बाँच्दछ त्यसैले रक्सीको सेनिटाइजर प्रयोग गरेर हात धुदा पनि यो भाइरस नष्ट हुन्छ । भाइरस २६-२७ डिग्री सेल्सियसको तापक्रममा मर्दछ , यो तातो क्षेत्रमा बस्दैन। त्यसैले हामिले दैनिक तातो पिउने पानी प्रयोग गर्नु राम्रो मानिन्छ ।आइसक्रिमबाट टाढा रहनुहोस् र चिसो खाना नखानुस । तातो नुन पानीले मुख कुल्ला गर्नाले टन्सिललाई मार्दछ र फोक्सोमा भाइरस  चुहिन जानबाट बचाउँछ। यी निर्देशनहरूको पालना भाइरस रोक्नको लागि पर्याप्त छ।


कोरोना भाइरस  हाम्रो देशमा भित्रीन नदिनको लागि सरकारले प्रयाप्त कदम चालेको देखिदैन।बाहिरबाट नेपाल आउने पाहुनाहरुको राम्रो सङ्ग स्वास्थ परिक्षण हुनसकेको छैन।मापसे हो कि होइन भनेर छुट्याउनको लागि त मुख सुघ्नु पर्ने हाम्रा ट्राफिक दाजुभाइहरुको बाध्यात्मक स्थितिमा राम्रो सङ्ग स्वास्थ्य परिक्षण गरिरहेको छ भनेर आम जनताले कसरी पत्याउलान।

तेसैले हामी आम जनसमुदायले सरकारको मुख ताकेर बस्नु भन्दा पनि यो भाइरस लाग्न नदिन के उपायहरु गर्नु जरुरी छ भन्ने ज्ञान लिनुपर्ने र ज्ञान बाड्नु पर्ने जरुरी देखिन्छ।यो विषम परिस्थिमा हामी सबै मिलि सामना गरौ।
रोग तथा भाइरसहरु आउछ्न जान्छन तर तेसबाट जोगिने कसरी भन्ने ज्ञान लिनुपर्ने जरुरी देखिन्छ।

Facebook Comments