जिल्ला प्रसासन कार्यालय चितवनबाट अनुगमन।

 

२०७६।११।२३ भरतपुर

महानगरपालिका वडा न ९ र १० का औषधि पसल क्लिनिक तथा अस्पतालहरुमा मास्कको उपलब्धतालाई स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन गरीएको छ । झण्डै २० वटा जति संस्थाहरुमा स्थलगत अनुगमन गरिएको छ । आजको अनुगमनमा मुख्यतया औषधि पसलहरुमा मास्क विक्रीका लागि उपलब्ध नरहेको पाईयो । अधिकाश औषधि पसलहरुमा माघको अन्त्यतिरबाटै मास्क होलसेलरबाट उपलब्ध हुन छोडेको भन्ने जानकारी प्राप्त भयो । २‍-४ वटा औषधि पसलमा २‍-४ दिनसम्म उपलब्ध भएको तर त्यस पछि उपलब्ध हुन नसकेको भन्ने जानकारी प्राप्त भयो ।


केही ठुला अस्पताल तथा मेडिकल कलेजहरुमा लागि १ देखि २ हप्तासम्म ओटिमा लगायत आन्तरीक प्रयोजनका लागि मास्क भएको तथ्य फेला परेको छ । भरतपुर १० स्थितका होलसेलरहरुले फाल्गुण महिनाको शुरु देखिनै मास्क नआएको जानकारी गराए। केहीको स्टोरमा समेत प्रवेश गरी हेर्दा मास्क नभएको पाईयो ।
स्यानिटाईजर तथा सो जन्य सामाग्रीहरु पुर्ण रुपमा अभाव नभैसकेको तर केही दिनमा थप प्राप्त नभएमा अभाव हुन सक्ने अवस्था पाईयो ।


मेडिकल कलेजहरुमा आफ्नो स्टाफको प्रयोजनका लागि निर्मलीकरण गरी पुनः प्रयोग गर्न मिल्ने खालको मास्क आफैं सिलाएर बनाई प्रयोग गरेको पाईयो । जसका सिएमसी ले ५०० वटा जति बनाई प्रयोग गरेको र कलेज अफ मेडिकल साइन्सेसले समेत सोही संख्यामा बनाई प्रयोग गरेको पाइयो ।

अनुगमनकर्ता
दिपक प्रसाद तिवारी प्रमुख स्वास्थ्य कार्यालय चितवन ।
कमल आचार्य प्रशासकीय अधिकृत जिल्ला प्रशासन कार्यालय
शिव शर्मा अधिकृत प्रशासन स्वास्थ्य कार्यालय चितवन ।

Facebook Comments