तेस्रो छात्रा उप मेयर फुटबल प्रतियोगिताको उपाधी रत्नराज्यलक्ष्मी लाइ

 

गैडाकोट, फागुन २३ । गैंडाकोट अन्तर विद्यालय स्तरिय तेस्रो छात्रा उप मेयर फुटबल प्रतियोगिताको उपाधी रत्नराज्यलक्ष्मी माबी ले उचालेको छ । उपाधी संगै प्रति विद्यार्थी २ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा जनता मावीले द्धितिय स्थान हासिल गर्दै प्रति विद्यार्थी १ हजार ५ सय नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र, कन्टिनेन्टल बोडिङ स्कुल तृतिय हुदै प्रति विद्यार्थी १ हजार नगद शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको गैडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर गैंडाकोट नगरपालिकाको आयोजना तथा गैंडाकोट खेलकुद समिति र गैंडाकोट महिला फुटबल क्लबको संयोजनमा प्रतियोगिता संचालन भएको हो । गैंडाकोट नगरक्षेत्रका २२ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको कार्कीले जानकारी दिनुभयो । पुरस्कार वितरण कार्यक्रममा नगर प्रमुख छत्रराज पौडेल र उप प्रमुख विष्णु कुमारी कडेलको उपस्थिती रहेको थियो ।

Facebook Comments