काठमाडौ । नेपाल प्रहरीले मास्क लगायत सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर, मास्क कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार साँझ पक्राउ गरेको हो ।
भारत घर भएका गुप्ताले काठमाडौँ महानगरपालिका–२५ बाङ्गेमुडामा पसल राखेर सामान कालोबजारी गर्दै आएको आरोप लगाइएको छ । जनसेवा प्रहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले ११० पर्ने सामानलाई ३०० लिएर बेचेको सूचनाका आधारमा गुप्तालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ गुप्तासँग प्रहरीले ८१४ थान ह्याण्ड स्यानेटाइजर बरामद गरेको छ जसको बजार मूल्य रु दुई लाख ५६ हजार ५२० रहेको छ । पक्राउ परेकालाई कालोबजारीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021