चाहिनेजो गीतले सारालाइ ततायो।

 

 

गायक तथा संगीत जीवन पन्त र गायिका बिष्णु माझीको स्वरबाट सजिएको तथा शब्द नारायण कडेलको ” चाहिनेजो” ले अहिले सारा विश्व नै तताएको छ।हरेक पार्टी ,पिकनिक तथा कार्यक्रममा “चाहिनेजो” ले ब्यापकता लिएको छ।अहिले सामाजिक संजालको टिकटक पुरै ” चाहिनेजो ” ले भरिएको छ।छोटो समयमा नै यो गीतले श्रोतालाइ जित्न सफल भएको छ।

“चाहिनेजो” शब्द थ्याक्कै मुखमा जुन्डिने र कर्णपि्रय स्वरले गर्दा अहिले साना साना केटाकेटी देखि युबा र बृद्दको मुखमा झुन्डिएको छ।अहिले विभिन्न सामाजिक अभियन्ता पुरुष तथा महिला, सेना,पुलिसका श्रोताहरुले पनि टिकटकमा अभिनय गरि सन्जालमा हाल्ने गरेका छन।” चाहिनेजो” गीत पुर्ण नेपाली लोक भाकामा आधारित छ तर पनि यो गीतले आधुनिक पुस्ता देखि पुराना पुस्ता सबैलाइ छुन सकेको देखिन्छ र उनिहरुको मन मुटुमा बस्न सफल भएको छ।
“चाहिनेजो” को निर्माता गङा कडेलले गरेकी हुन र यो गीतको निर्माण प्रती आफू सन्तुष्ट रहेको जनाएकी छिन

Facebook Comments