सागर पोख्रेल
फागुन २५, कावासोती
नवलपुर जिल्ला होमस्टे प्रर्वद्धनको दृष्टिमा ग्रामिण विकासको बलियो आधारको रुपमा अगाडी बढेको छ । नवलपुर जिल्लाको पहाडी क्षेत्रमा करीव १८ महिना पहिला स्थापना गरी संचालन गरीएको देवचुली चुलीबोझा मगर सामुदायिक होमस्टे (घरबास)मा आन्तरीक एवम् बाह्य पर्यटकको आगमनमा बृद्धि भएसगै स्थानीयकोे जीवन स्तरमा समेत परिवर्तन आउन थालेको छ ।
स्थानीय स्रोत र साधनको प्रयोग गर्दै स्थानीय उत्पादन प्रवद्र्धनमा जोड दिने उद्देश्यका साथ सञ्चालन गरिएकाले गर्दा समेत होमस्टे सफलतातर्फ उन्मुख भएको देवचुली चुलीवोझा मगर सामुदायिक होमस्टेका अध्यक्ष नौलासिङ ठाडाले बताउनुभयो ।

नवलपुर जिल्लाको उत्तरपूर्वी क्षेत्र पुर्वपश्चिम मुख्यमार्गबाट करीब २५ किलोमिटरको पहाडी क्षेत्र बुलिङटार गाँउ पालिका वडा नं. ४ बोझा पोखरीमा रहेको होमस्टेमा गत ८ महिनामा आन्तरीक र बाह्य गरी ९ सय जनाले स्टे गरेका छन् ।


मगर होमस्टेमा समुदायको कला संस्कृति (करुवा र झाम्रे नाँच) सगै, देवचुली डाँडा, त्रिकन्या देवीको दर्शन, स्थानिय क्षेत्रमा उत्पादित बस्तुहरुबाटै बनेका खानाका परीकार ( कोदोको ढेडो, सिस्नुको अचार, लोकल कुखुरा)ले गर्दा समेत पर्यटनको आगमन बढेको अध्यक्ष ठाडाको भनाई रहेको छ ।

होमस्टेमा बस्न आउने व्यक्तिहरुमध्ये आलोपालो प्रणाली अन्तर्गत सबैको घरमा बस्ने कारणले समेत आफूहरुले सबै खालका पाहुनाहरुको स्वागत गर्ने मौका पाएको र उनीहरुबाट नयाँ कुरा समेत सिक्न पाएको ठाडाले बताउनुभयो ।
पूर्वी नवलपरासीको बुलिङटार वडा नम्बर ४ मा स्थापना गरिएको होमस्टे अन्तर्गत १३ वटा घरहरु रहेका छन् । उक्त होमस्टेमा ३ बटा हलकोठा सहित २४ वटा कोठाहरु रहनुका साथै एकै दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था रहेको छ ।

होमस्टे पुगेका आगन्तुकबाट उठेक रकम १० प्रतिशत समूहमा राखेर बाँकी पैसा भने होमस्टेका सदस्यहरुलाई वितरण गर्ने गरिएको छ ।
कला र संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने होमस्टेले स्थानीयबासीको जीवनस्तरमा समेत परिवर्तन ल्याएको छ ।


होमस्टे सञ्चालनपछि गाउँमा विकास निर्माणको कामदेखि स्थानीयबासीको आनीबानी तथा व्यवहारमा परिवर्तन आएको स्थानीय बताउँछन् ।
नवलपरासीको अमलटारीको होमस्टेको सफलतासँगै जिल्लाका अन्य क्षेत्रमा समेत होमस्टेहरु सञ्चालनमा आउने क्रममा मगर सामुदायिक होमस्टे २०७५ साल असोज देखि सञ्चालनमा आएका थियो ।
नवलपुर जिल्लामा मात्र थारु ,मगर, गुरुङ र निजी क्षेत्रमा संचालन गरिएको बरौली होमस्टे संचालनमा रहेका छन । नवलपुर जिल्लामा रहेका अमलटारी र पिप्रहर होमस्टे भने देशका प्रमुख होमस्टमध्ये पर्दछन् ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021