राजनीति र सत्ता कै पहुँचमा भएका उच्च ओहदाका नारि नै महिला हिंसामा

 

लेखिका पुजा भुसाल;

आज हामीले नारी दिवस मनाउदै गर्दा हामीले नारी को हो भन्ने कुराको वास्तविक पहिचान र मुल्यांकन गर्न आवश्यक छ अहिलेको हाम्रो समाजले अहिले सम्म पनि नारी लाइ आत्म संमान सहित बाच्न सक्ने जिवन जिउन सक्ने वातावरण बनाउन सकेको छैन अहिलेसम्म पनि नारी लाइ दोस्रो दर्जाको नागरिकको रुपमा अझ पनि महिला लाइ चुलो र चौकामा मै सिमित राख्नुपर्छ एउटा बच्चा उत्पादन गर्ने मेसिनको रुपमा अझ भनौ नारी लाइ पुरुषको खेलौना भोक बिलास र मनोरञ्जनको साधनको रुपमा हेरिदै र यसरि नि नारी लाइ उपयोग गरिरहेको पाइन्छ ।

आज पनि महिलाहरु घरेलु हिंसा यौन हिंसा बेचविखन बलात्कार जस्ता जघन्य अपराधको शिकार बनिरहनु परेको छ समाजमा भएका यस्ता हजारौं हजार घटना छन आफ्नै इज्जतको डर घर परिवार बालबच्चा को भविस्य हेरेर नारी हरु यि घरेलु हिंसा यौन हिंसा सहनुपर्ने अझसम्म पनि श्रीमती भएकै कारण श्रीमान बाट नै बैधानिक बलात्कारको पिडा भोग्नु परेको भन्ने गुनासोहरु पनी हाम्रो समाजमा सुन्दै आएका छौ यि र यस्तै प्रकारका घटना हरु पटक पटक मिडियामा पनि आउने गरेका छन ।

 

बिश्वको परिपेक्षमा हेर्दा पुरुषको तुलनामा नारिहरुको अवस्था पक्कै पनि थोरैमात्र कमजोर छ तर बर्बादै अर्थात दयनीय अवस्था चाहिँ पक्कै छैन हामिले हरेक बर्ष नारी दिवस भनेर ठुला ठुला पोस्टर ब्यानर टागेर सकेत ठुला – ठुला होटेलमा नभए सडक मै भएपनी चर्का नारा सहितको ब्यानर बोकेर सकिनसकी बेतुकका भासण गर्छौ यस्को अर्थ के?एकदिन चिच्यायो पैसा झ्वाम अनि कि त आफै घरमा गएर हिंसा भोग्ने कि त आफैले गर्ने कि त टुलुटुलु समाजमा भएको हिन्सा हेर्ने ।

किन कि उहाँ सोहि समाजको पात्र हो भोलि उहाँ सोही स्थान मा बस्नु पर्छ नि त। हुन त आजभोली केही दुइचार जनाको बेकुफी हर्कतको कारण साच्ची समाजकोलागि बोल्ने हरु पनि मौन छन आजभोली महिला हिंसा कम गर्न क्याबिनेटना बेतुकका बकम्फुसे भाषण होइन महिलालाई सोही स्थानमा सहि स्थान दिउ जस्को उनिहरु हक्दार छन महिला स्वोरोजगार बनाउ उचित पारिश्रमिकको बेवस्था गरौ आत्माबिस्वास बढाउन उनलाइ आत्मानिर्भरता को जरुरी छ छोरीलाई पराइको सम्पती सर्बस्व नमानौ श्रीमतिलाइ साच्चिकै आधाआकास र अफ्नो आधा जिवन मानौ बुहारिलाइ छोरी मानौ बल्ल त्यो एउटा घर-घर जस्तो हुनेछ।

श्रीमतिलाइ काम वासनाको रुपमामात्र लिदाको दिनबाट तपाईं को घर-घर रहदैन जरुरी हो तर त्याहा सम्मान र दुबै तर्फको कर्तव्य कदापी भुल्न हुदैन र पो हिंसाकम हुन्छ त हामीले नेपालको परिबेशमा कुरा गरेउ भने नेपालमा पछिल्लो समयमा नारी जत्तिकै पुरुषपनि हिंसामा छन बिदेश गएर श्रम गर्ने लगभग ४२%पुरुष दाजुभाइहरुको घरपरिवार टुक्रिनु ले पुरुष हिंसा कति छ नेपालमा भन्ने एउटा गतिलो उदाहरण रुपमा लिन सकिन्छ ।

हुनसक्छ कत्तीपय पुरुष हिंसा पितृसतात्मक समाज भएको कारणले पनि हुनसक्छ पुरुष हुनुको दम्भले अझ भनौ लाजले गर्दा जाबो महिलाले हेप्दा पनि हेपिने पो भन्छन किन कि समाजले भनेर पनि पुरुषले हिंसा बाहिर निकाल्दैन यो अप्रत्यक्ष दुबै माथिको हिन्सा हो तर पनि समग्रमा हेर्दा नेपालमा पीडित महिला हरुको संख्या नै बढि छन पुरुषहरूले महिलामाथी हिन्सा गर्नुको मुख्य कारण उनिहरुको पितृसत्तात्मक सोच अनि धन सम्पतिको दम्भ पनि हुनसक्छ।

महिलाको सारिरिक कमजोरी,राजनीतिक अवस्था अनि महिलालाई पुरुषले हेर्ने दृष्टि यहाँ नारी पुरुषबाट मात्र नभै महिलाबाट नै महिला हिंसामा छन हामिले जहिले हिंसाको दोष पुरुषमा मात्र थोपारेर महिलाबाट भएको हिंसालाई सायद सामान्य मान्नु पुर्बाग्रही देखिन्छ सभ्य समाज बन्न एउटी नारी मात्र सहन्सिल बन्ने होइन पुरुष पनि बन्नु पर्छ र नारीले पुरुष , पुरुषले नारी , अनि नारीले नारीलाई सम्मान गर्न जरुरत छ तबमात्र समाज ब्यालेन्समा अर्थात बराबर चल्छ ।

अर्को कुरा नारी लाई माथिल्लो तह सम्म पुग्नै दिइदैन किन कि अपवाद मा पुगिहाले पनि साथ सहयोग गरेर माथी लाने भन्दा पनि खसाल्ने होच्याउने यो त आफ्नो खुबिले पुग्येकै होइन होला यस्तो तल्लो निच सोच र मानसिकता हाम्रो समाजमा अझै कायम नै छ के तेसो भए महिलाको उपल्लो तहमा पुग्ने खुबी छैन ? होइन यो त दरिद्र मानसिकताको हाबी हो अझै पनि यो कहिले सम्म कायम रहने हो जहिले सम्म एउटी नारी नेतृत्व तहमा संसम्मान रहने वातावरण हुदैन स्वनिर्णय गर्ने अधिकार दिइदैन लागू हुदैन कोटा को आधारमा नारिलाइ बिचरा भनी दयाको पात्रमात्र मानी ब्याभार गरिन्छ तब सम्म यस्को अन्त्य हुन सक्दैन ।

सम्पतीको हक बिबाह भएर घरमा गएपछी श्रीमानले सरह केही समय पश्चात् उनिहरुले पार्प्त गर्दैनन ,तब सम्म महिला हेपिइरहन्छ्न चाहे महिला जति सुक्कै पढेको किन नहुन ।उदाहरणको लागि सभामुख डा. शिवमाया तुम्बाहाङफे। जबसम्म हाम्रो दयनीय सोच पुरुष नारी दुबैले परिवर्तन गर्न सक्दैनौं त्यो वेला सम्म देखावटी रुपमा नारिदिवस मनाउनुको कुनै अर्थ छैन र जब सम्म नारी हरुको पनि दास मनोबैज्ञानिक त्रासको अन्त्य हुन सक्दैन तबसम्म महिला आफै स्वतन्त्र हुन असम्भव छ ।

लेखिका पुजा भुसाल सेभ द माइन्ड नेपालका अध्यक्ष तथा नर्सिङ कलेजकाे लेक्चर र सामाजिक अभियान्ता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *