काठमाडौँ ,स्वतन्त्र पत्रकार संघ नेपालकी राष्ट्रिय समिति कोषाध्यक्ष लक्ष्मी श्रेष्ठलाई नेपाल पत्रकार महासंघले सम्मानित गरेको छ। पत्रकार महासंघको महिला समितिले गत विहीबार ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा श्रेष्ठलाई सम्मानित गरेको हो।
फोटो पत्रकारितामार्फत नेपाली पत्रकारितामा पुर्याएको योगदानका लागि श्रेष्ठलाई सम्मान गरिएको पत्रकार महासंघले जनाएको छ।

त्यस अवसरमा श्रेष्ठसहित फोटो पत्रकारहरु सुनिता डंगोल, निशा भण्डारी, कविता थापालगायत दर्जन बढी महिला पत्रकारहरु सम्मानित भएका छन्।
नेपाली पत्रकारिताका क्षेत्रमा लामो समयदेखि क्रियाशील रही योगदान गरेबापत महिला पत्रकारहरु सम्मानित भएका हुन्।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021