कोरोना सङ्‌क्रमण विश्वका सयभन्दा बढी मुलुकमा, तीन हजार ५९५ को मृत्यु

https://youtu.be/xJLn0qs8-L0

विश्व स्वास्थ्य सङ्‌गठनले आइतबार बिहान दिएको तथ्याङ्‌क अनुसार कोभिड-१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ।

विश्वभर १ लाख ५ हजार ८ सय ३६ पुगेको छ भने यसका कारण ३ हजार ५ सय ९५ व्यक्तिको मृत्यु भएको छ। ग्रीनविच समय अनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर थप सङ्‌क्रमितको सङ्ख्या १ हजारभन्दा बढी रहेको र ३९ जनाको मृत्यु भएको बताइएको छ।

डिसेम्बरमा चीनको मध्य क्षेत्रमा कोरोना भाइरसको सङ्‌क्रमणको पुष्टि भएपछि विश्वभर चिन्ताको विषय बनेको यस स्वास्थ्य समस्याका कारण एसियामा सबैभन्दा बढी ८९ हजार ५ सय २५ जनामा सङ्‌क्रमण पुष्टि भएको छ। सङ्‌क्रमणका कारण शनिबारसम्म एसियामा ३ हजार १ सय ६२ जनाको मृत्यु भएको छ।

त्यस्तै यूरोपमा कोभिड-१९ सङ्‌क्रमित सङ्ख्या ९ हजार ६ सय ६५ रहेको छ भने २ सय ६३ जनाको मृत्यु भएको छ। मध्यपूर्वमा ६ हजार १ सय ५८ सङ्‌क्रमित व्यक्ति रहेका छन् भने १ सय ४९ को मृत्यु भएको छ। अमेरिका र क्यानडामा गरी कूल २ सय ७० जनामा सङ्‌क्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ।

Facebook Comments