/राष्ट्रपति भण्डारीद्वारा फागु पूर्णिमाको शुभकामना

राष्ट्रपति भण्डारीद्वारा फागु पूर्णिमाको शुभकामना

 

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन्।

उनले शुभकामना सन्देश जारी गर्दै यस पर्वले सबै नेपालीमा खुसी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी हुन्।

रङहरुको पर्वका रुपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा यस वर्ष पहाडी र हिमाली जिल्लामा आज र तराईका जिल्लामा भाेलि (मङ्‌गलबार) मनाइँदैछ।

राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीबीच सामाजिक सद्‌भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पुर्‌याउनेछ भन्ने विश्वास व्यक्त गरेकी छन्।

Facebook Comments