/होलीको दिन विहानै दुखद खवर : मुग्लिन नारायणगढ सडक खण्डमा दुर्घटना

होलीको दिन विहानै दुखद खवर : मुग्लिन नारायणगढ सडक खण्डमा दुर्घटना

 

 

आज विहान भरतपुर २९ मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालमा यात्रुवाहक वस ट्रकसँग ठोक्कीदा ११ जना घाइते भएका छन् । बिग्रेर रोकी राखेको ना ५ ख ९६२२ नम्बरको ट्रकलाई कटारीबाट काठमाण्डौ तर्फ जांदै गरेको ना ६ ख १५९२ नम्बरको बसले पछाडीबाट ठक्कर दिंदा बसमा सवार चालक सहित १० र ट्रक चालक १ गरी ११ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएपी एकनारायण कोइरालाले जानकारी दिनुभयो । मध्यम अवस्था रहेको घाइतेहरुको भरतपुरमा रहेको नयाँ र पुरानो मेडिकल कलेजमा उपचार चलिरहेको छ ।

Facebook Comments