नेपालगन्जमा साइकल बाट होलि ।।

नेपालगन्ज राइडर्स क्लबले जनचेतनाको लागि साइकल चलाउदै होलि खेलेको छ।अहिलेको ब्यस्त जिबनमा मानिसहरु विभिन्न रोगको सिकार भैरहेको बेला स्वास्थ्यको लागि साइकल भन्ने उदेश्यले यो कार्यक्रम राखेको संघका अध्यक्ष गगन थापाले बताउनु भयो। अहिले आधुनिकता सगै मानिसहरु विभिन्न दिर्घजिबी रोगका सिकार भएका छन।यदि कम्तिमा पनि दिनको १ घण्टा साइकल चलाउने गरेमा धेरै रोगहरुबाट छुटकारा पाउन सकिन्थ्यो भन्ने थापाको भनाइ छ।

केही समय देखि नेपालको पश्चिम् का मानिसहरु साइकल प्रती आकषिर्त हुन थालेका छन र भर्खर मात्र नेपालगन्ज बाट ठाकुरद्वारा राष्ट्रिय स्तरको साइकल यात्रा सम्पन्न भएको थियो र उक्त साइकल र्यालीमा नेपालका विभिन्न जिल्लाबाट साइकल चालकहरु सहभागी भएका थिए र कार्यक्रमको अगुवाइ विश्व साइकल यात्रीले गरेका थिए। सो कार्यक्रमले नया साइकल चालकहरुलाइ पनि हौसाला प्रदान गर्न सकेको थियो।

पश्चिममा नारिहरुको सहभागिता अत्यन्त न्यून हुनेगर्छ तापनी यो साइकल यात्रा सङै एउटा नया नारी रमा बोहराको पनि उदय भएको छ।रमा बोहरा एक शिक्षिका पनि हुन र नेपालगन्ज – ठाकुरद्वार करिब १५० कि मि तय गर्ने सुदुरपश्सिमकी पहिलो नारी पनि हुन।

Facebook Comments