सचेतनामूलक कार्यक्रम

 

 

चितवन, फागुन २६-

समुदाय प्रहरी साझेदारी अभियानअन्तर्गत आज भरतपुरमा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

वे ग्रुप भरतपुरको आयोजना एवम् जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वडा प्रहरी कार्यालय नारायणगढ चितवनको सहकार्यमा भरतपुर महानगरपालिका–१० चौबिसकोठीमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा कोरोना भाइरस संक्रमणबाट बच्नको लागि सचेतानामूलक कार्यक्रमअन्तर्गत सार्वजनिक सवारीसाधनका चालकलाई निःशुल्क २०० थान मास्क वितरण गरी उक्त सचेतनामूलक कार्यक्रम गरिएको हो ।

Facebook Comments