नेपालको प्रमुख श्रम गन्तव्यमध्येको एक मुलुक कतारले श्रम स्वीकृति तथा बाह्य यात्रु भित्र्याउन रोक लगाएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज रित्तै उड्नु परेको छ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएसँगै जहाज रित्तै उड्नु परेको हो।

त्रिभुवन विमानस्थलका अनुसार कतारमा नेपाल एयरलाइन्सको विमान रित्तै गएर नेपाली ल्याएको थियो। ‘जाँदा रित्तै गयो, आउँदा नेपाली लिएर आयो।’ –विमानस्थलमा खटिएका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने।
यात्रु घट्दा उडान प्रभावित
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झन्डै ५० प्रतिशत यात्रु घटेका छन्।
प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान निकै नै प्रभावित भएको बताउनुभयो। ‘कोरोनाका कारण यात्रु झन्डै आधा घटेका छन्।’ –लण्डन काठमाडौलाइ उहाँले भन्नुभयो।
यात्रुको संख्या घटेसँगै अन्तर्राष्ट्रिय उडानमा पनि २० प्रतिशतको कमी आएको छ। सूचना अधिकारी पौड्यालले भन्नुभयो– ‘कोरोनाका कारण यात्रुको संख्या त घटेको छ नै, उडानमा पनि २० प्रतिशतको हाराहारीमा कमी आएको छ।’
उहाँले चीनबाट यसअघि बिहान–बेलुका गरेर हप्तामा ६५ वटा उडान हुने गरेकोमा अहिले हप्तामा ८ देखि १० वटा मात्र हुने गरेको बताउनुभयो।
अन्तर्राष्ट्रिय हवाई मापदण्डअनुसार उडान रोक्न नमिल्ने भएकाले धेरै वायु सेवा प्रदायकले उडान रोकेका छैनन्।
तर, कोरोना प्रभावित मुलुकहरूको दुईतर्फी उडानमा कटौती गरिएको छ। चीन, जापान, दक्षिण कोरिया, इटाली, इरानलगायतका विभिन्न देशमा कोरोनाबाट धेरै प्रभावित छन्। यी देशसँगको उडानमा कटौती नभए पनि यात्रुको संख्यामा कमी आएको बताइन्छ। जापान, कतारको उडानमा समस्या नआए पनि यात्रुको संख्यामा कमी आएको छ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021