/टुटल र पठाओको विषयमा फेरि विवाद

टुटल र पठाओको विषयमा फेरि विवाद

 

काठमाडौं । बारम्बार प्रश्न उठ्ने गरेको ‘राइड सेयरिङ’ टुटल र पठाओको विषयमा फेरि विवाद उठेको छ । मंगलबार यातायात व्यवस्थापन विभागले टुटल र पठाओमाथि प्रतिबन्ध लगाउने गरी सूचना जारी गरेसँगै टुटल र पठाओको मुद्दा फेरि एक पटक सतहमा आएको हो ।

सूचनामा टुटल र पठाओलाई नै तोकेर नभनेतापनि विभागमा जुन प्रयोजनका लागि भनेर सवारी दर्ता भएका छन् सोही प्रयोजनमा मात्र सञ्चालन गर्न दिइने उल्लेख छ ।

मंगलबार साँझ विभागद्वारा जारी सूचनामा कानूनको उलंघन गरी एक प्रयोजनमा दर्ता भएका सवारीले अर्को प्रयोजनमा भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने उल्लेख छ । ट्याक्सी व्यवसायीहरुको विरोध तथा दवावकापछि विभागले यस्तो सूचना जारी गरेको बुझिएको छ ।

उपत्यकामा सञ्चालित ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओलाई कानून विपरित निर्वाध सेवा सञ्चालन गर्न दिएको भन्दै गत मंगलबार विभाग घेराउ गरेका थिए।

उनीहरुको विरोधपछि विभागले तत्कालै टुटल र पठाओको सेवा प्रभावित हुनेगरी सूचना जारी गरेको थियो ।

 

Facebook Comments