काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिले डिस्चार्ज गर्ने भन्नेबारेमा शल्यक्रियामा सहभागी चिकित्सकहरुबीच छलफल भइरहेको बताइएको छ ।
बुधबार प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । त्यस्तै उनले प्रमको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै शल्यक्रियामा संलग्न चिकित्सको सुझावका आधारमा डिस्चार्ज गर्न सकिने बताए ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई थप उपचारका लागि विदेश लैजान लागिएको भन्ने समाचार सत्य नभएको बताए । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था नियमित रुपमा अस्पतालले बुलेटिनमार्फत सार्वजनिक गरिरहेको भन्दै डिस्चार्जपछि निवासमा हुने भेटघाट, मिटिङ र मन्त्रिपरिषद् बैठक लगायतका सेटअप मिलाउने सन्दर्भमा काम भइरहेको जानकारी दिए ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021