प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला डिस्चार्ज भएकी छन्।
उनी केहीबेरअघि डिस्चार्ज भएकी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटरबाट जानकारी दिएका छन्।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गौला दाता भान्जी समीक्षा संग्रौला स्वास्थ्य लाभगरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। भावी आरोग्य जीवनको लागि हार्दिक शुभकामना!’, ट्वीट गर्दै उनले भनेका छन्।
यसअघि प्रधानमन्त्री र समीक्षाबीच भेट भएको थियो।
गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शल्यक्रियापछि भेट्ने समीक्षा पहिलो आगन्तुक हुन्।
उनले दिउँसो तीन बजेतिर मामा नाता पर्ने प्रधानमन्त्री ओलीलाई भेट्न गएकी हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटमा समीक्षाले प्रधानमन्त्रीलाई कस्तो छ मामा? भनेर सोधेकी थिइन्।
जवाफमा ओलीले आफू निको हुँदै गएको र मिर्गौला दान गरेकी समीक्षालाई धन्यवाद दिएका थिए।
यसअघि गत बुधबार समीक्षाको बायाँतर्फको मिर्गौला झिकेर डाक्टरहरूले ओलीको शरीरमा राखेका थिए। प्रत्यारोपण गरिएको मिर्गौलाले त्यही दिनदेखि ओलीको शरीरभित्र काम गर्न सुरू गरिसकेको छ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021