भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन्

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् । बुधबार सिंहदरवारमा भएको सर्वदलीय बैठकले सम्पुर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने सहभागीहरुले जोड दिएका हुन् ।

‘कोरोना संक्रमण रोकथामका लागि कसरी अघि बढ्ने र के–के विधि प्रक्रिया अपनाउने भन्नेमा छलफल भयो’, संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठले छलफलपछि जानकारी दिए । बैठकमा नेपालमा अहिलेसम्म एकजनामा कोरोना संक्रमण देखिएको र उसको उपचार समेत भैसकेकाले यसमा नेपाल यसकोरोकथामका लागि सक्षम छ भन्ने विश्वलाई सन्देश दिन सफल भएको भन्दै आगामी दिनमा पनि उच्च सतर्कता अपनाउनुपर्ने निर्णय गरेको छ ।

‘कोरोना संक्रमण भएका देशबाट आवतजावतमा प्रवेशमा रोक लगाउने, कोही आइहाले तिनको व्यवस्थापन कसरी गर्ने ? यसबारे सचेतना कसरी अपनाउनेर त्यति गर्दागर्दै पनि कोरोना संक्रमण देखिए उनीहरुलाई राख्ने क्वारेन्टाइनको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भयो’, श्रेष्ठको भनाई छ ।

बैठकमा सहभागी प्रतिनिधिहरुले सरकारले कोरोना संक्रमण रोकथामका लागि गरेकाप्रयास पर्याप्त नभएको भन्दै त्यसतर्फ ध्यान दिन सत्तारुढ दल बाहेकले सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले सबै मन्त्रालयलको समन्वयमा इन्टिग्रेटेड ढंगले अगाडि बढ्ने सरकारको प्रयासलाई सकारात्मक लिँदै अझ पर्याप्त पूर्वाधारको विकासमा जोड दिन सुझाव दिएका थिए ।

 

 

Facebook Comments