रुघाखोकी भन्दा सामान्य हो कोरना।राष्ट्रपति डोनाल्ड ट्रम्प

दुई महिनाभन्दा बढी ‘लक डाउन’ गरिएको चीनको हुबेइ प्रान्तको राजधानी उहानमा मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङ पुगे। यसको सन्देश थियो-कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट चीन उम्कँदैछ।

मास्क लगाएर कोरोना भाइरसको ‘इपिसेन्टर’ उहान पुगेका सीले त्यहाँ उपचारमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्य कार्यकर्ता, सामुदायिक कार्यकर्ता, सैनिक अधिकृत, नागरिक समुदायका अगुवा, स्वयमसेवकसँग भलाकुसारी गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

सन् २०१९ डिसेम्बर अन्तिम साता पहिलोपटक कोरोना भाइरस उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका १ सय १२ देश तथा भूभागमा देखिएको छ। कोरोना भाइरसको संक्रमणले भयावह रुप लिनेबित्तिकै १ करोड १० लाखभन्दा बढी जनसंख्या रहेको उहानलाई ‘लक डाउन’ गरिएको थियो, जहाँबाट नेपाल सरकारले पनि १ सय ७५ जना नेपालीलाई उद्धार गरी ल्याएको थियो।

उहानलगायत ठाउँमा कोरोना भाइरस बिस्तारै नियन्त्रणमा आउन थालेपछि मंगलबार चिनियाँ राष्ट्रपति उहान पुगेका हुन्। कोरोना भाइरस संक्रमण चीनमा बढेपछि सी खासै बाहिर निस्केका थिएनन्। तर, मंगलबार उनी कोरोना भाइरसको इपिसेन्टर नै पुगे। सीको उहान भ्रमणलाई चीनले कोरोना भाइरस संक्रमणलाई किनारातर्फ धकेल्दै गरेको रूपमा लिइएको छ।

अमेरिकामा कोरोना भाइरसका संक्रमित बढ्दै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई सामान्य रुपमा लिन आग्रह गरेका छन् । कोरोना भाइरसलाई त्रासको रूपमा चित्रण नगर्नसमेत उनले भनेका छन्। उनले अघिल्लो साल फ्लु (रुघा) बाट अमेरिकामा ३७ हजारको मृत्यु भएको तथ्यांक पेस गरेका छन्।

त्यति मात्र होइन, अमेरिकामा रुघाबाट वर्षेनी २७ हजार देखि ७० हजार मानिसको मृत्यु हुने गरेको उनले उल्लेख गरे । उनले सोमबार ट्वीट गर्दासम्म अमेरिकामा ५ सय ४६ जनामा कोरोना भाइरस देखिएको र २२ जनाको मृत्यु भएको थियो। यसले केही कुरा पनि बन्द नहुने र जीविका तथा अर्थतन्त्र अघि बढिरहने उनले जनाए।

कोरोना भाइरसलाई अहिले विश्वभर जसरी चित्रण गरिएको छ, त्यसले त्रास उत्पन्न भएको छ। यसलाई विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिले कोरोना भाइरस अन्य ‘फ्लु’ भन्दा सामान्य हो र, डराउन पर्दैन भन्ने सन्देश दिन चाहेका छन्।

Facebook Comments