/निवर्तमान मन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट

निवर्तमान मन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट

निवर्तमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित बन्दै गरेको घरमा सिलिन्डर बम बिस्फोट भएको छ । बम बिस्फोटबाट घरको सिसाहरु फुटेका छन् ।

बिस्फोटबाट उनका छिमेकी कपिलदेव घिमिरेको घरमा समेत क्षती भएको छ । बिहान ७:५० बजेतिर प्रहरीलाई सूचना आएको भक्तपुरका प्रहरी प्रमुख सविन प्रधानले जानकारी दिए ।

विस्फोट स्थलमा यतिखेर सर्वसाधारणहरुको भिड लागेको छ भने प्रहरी पनि पुगिसकेका छन् । बिस्फोट कसले र किन गराएको हो भन्ने बारेमा केहि खुलेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Facebook Comments