एजेन्सीः कोरोना भाइरसको संक्रमण विश्वभरी भयानक त्रास बनेर फैलिरहेको छ। सारा संसार कोरानाको कहरले भयभित छ। दिनहुँ हजारौँ नयाँ संक्रमितको संख्या थपिएको छ।
भाइरस संक्रमित भएका कतिले ज्यान गुमाए भने कयौं फेरि निको भएर घर फर्किसकेका छन् । गत वर्षको अन्त्यमा चीनको वुहान सहरबाट फैलिएको उक्त भाइरसले विश्वभरी कयौं मानिसको ज्यान लिएको छ। भाइरस विरुद्ध दिनरात लडिरहेका चिकित्सकका अनुसार कोरोना भाइरसले प्रायस् उमेर काटिसकेका मानिसलाई छिटो असर गर्छ। सुरुमा सामान्य ज्वरो तथा रुघाखोकीबाट सुरु हुने भनिएको यो भाइरस वास्तवमा कसरी सर्छ भन्ने विषयमा अहिले पनि अनुसन्धान भइरहेको छ।

विश्व स्वास्थ्य संगठनले तीब्र रुपमा फैलिरहेको यो भाइरसको संक्रमण रोक्न विश्वव्यापी संकटको घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, भाइरस संक्रमणको कारण विश्वभरी ४ हजार ६ सय ३८ को मृत्यु भएको भएको छ । विश्वका १ सय १८ देशमा यो संक्रमण फैलिएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा मात्र ३ हजार १ सय ७३ पुगेको पुष्टि भएको छ । विश्वभरी १ लाख २६ हजार २ सय ५८ भाइरस संक्रमित भएका छन् । यसमध्ये ६८ हजार २ सय ८४ निको भएर घर फर्किएका छन् ।
विज्ञहरुका अनुसार भाइरससँग सम्पर्कमा आउने बित्तिकै बिरामी परिन्छ भन्ने धारणा गलत हो । कतिपय मानिसमा सामान्य फ्लु मात्र लागेको पनि हुनसक्छ । भाइरस संक्रमितपछि मरिन्छ भन्ने भय पनि भ्रम हो। सयममै उपचार र सावधान अपनाए यो सजिलै निको पनि हुन्छ। निको भएका ६ मानिसको अनुभव यहाँ प्रस्तुत छ।
२९ वर्षिय ब्रिड्जेट विल्किन्स बेलायतका नागरिक हुन् । गत हप्ता उनी साथीको विवाहको लागि अष्ट्रेलियाबाट सिंगापुर गएका हुन् । तर अहिले कोरोना भाइरसको जाँचपछि उनी ब्रिस्बेन अस्पतालमा क्वारेन्टाइनमा बसेका छन् ।
कारोना भाइरस संक्रमण पुष्टि हुनुअघि उनमा टाउको दुख्ने, घाँटी दुख्ने र थकान महसुस हुने गथ्र्यो । कारोना भाइरसबाट संक्रमित हुन्छु कहिले सोचेको थिइन्, उनले भने, लामो समय विमानको यात्रापछिको थकान महसुस भएको हो तर अहिले मलाई निको भएको छु ।
कोरोना भाइरससँग सम्बन्धित समाचारमा हाइप र हिस्टेरिया (प्रचारप्रसार) छ, उनले भनिन्, यो हुन पनि पर्छ । यो गम्भीर विषय हो । विशेषगरी उमेर पुगेका मानिसको लागि यो डरलाग्दो विषय बनेको छ। तर यो निको नहुने रोक होइन। सावधानी अपनाउने हो भने यसबाट मुक्ति पाउन सकिन्छ।
कर्नर रिड अहिले चीनको वुहान सहरमा बस्छन् । उनलाई कोरोना भाइरस संक्रमित हुने पहिलो बेलायती नागरिक मानिन्छ। गत वर्षको नोभेम्बरमा नै उनी भाइरस संक्रमित भएका थिए । जसको ठीक एक महिनापछि चीनले भाइरसबारे खुलासा गरेका थिए ।
२४ दिनसम्म अस्वस्थ महसुस भएपछि अस्पतालले उनलाई कोरोना भाइरस संक्रमित हुने पहिलो व्यक्ति घोषणा गरेको थियो । २५ वर्षिय रिड अंग्रेजी शिक्षक हुन् । उनले आफ्नो डायरीमा कसरी भाइरसले समात्यो भन्ने खुलाएका छन् । उनलाई सामान्य चिसो लागेको थियो । यसलाई भगाउन उनले ह्वीस्की र मह पनि खाए तर केही फाइदा भने भएन । तर हप्ता दिनपछि जिउ दुख्ने, आँखा पोल्ने, टाउको घुम्ने, हड्डी दुख्ने र घाँटी पोल्ने तथा नराम्रो खोकी लाग्ने भएर असजिलो महसुस भयो, उनले लेखेका छन्।
११ औं दिन पुग्दासम्म उनको शरीरमा भाइरसले कब्जा गरिसकेको थियो ।‘म बल्दै छु, पसिना आउँदैछ, चक्कर आउँदैछ र थकित छु, उनी लेख्छन् । टेलिभिजन खुल्ला छ तर के चल्दैछ म यो महसुस गर्न सकिरहेको छैन् । यो कुनै डर लाग्दो सपना भन्दा कम थिएन, रिडले लेखेका छन्।
म हावाको घेराबाट बाहिर बस्न सक्दिनँ, जब सास फेर्छु, मेरो फोक्सो कागजको झोलामा चकनाचुर भएको जस्तो महसुस हुन्छ । यो सही हैन । मैले चिकित्सक भेट्नैपर्छ जस्तो छ, उनले आफ्नो डायरीमा लेखेका छन्। धेरै समयको जाँचपछि उनलाई निमोनिया भएको चिकित्सकले बताए । लामो सकस र संघर्षपछि उनी अहिले निको भएका छन्। कोरोनासँग लड्न साहस र धैर्यता चाहिन्छ, उनी भन्छन्।
७३ वर्षीया जाइमुय साइयङ कारोना भाइरस संक्रमित हुने पहिलो थाई महिला हुन् । उनको स्वास्थ्य अवस्था निकै गम्भिर थियो । मुटुको समस्याबाट लडिरहेकी उनी कोरोना भाइरसको संक्रमणमा परिन्। उनलाई ज्वरो र पीडादायी खोकी थियो । कारोना भाइरसको जाँचपछि उनलाई क्वारेन्टाइनमा राखियो जँहा उनी फेरी निमोनियाको सिकार भइन् । उनी भन्छिन्, कोरोना भाइरस संक्रमण भएको सुन्दा म तर्सिए, मैले केही खान पनि सकिनँ । चिकित्सकहरुसँग झगडा गरेँ । १० दिन अस्पतालको बसापछि मेरो स्वास्थमा केही सुधार देखियो । अहिले म ठीक भएको छु।
जापानले कोरोना भाइरस फैलिने त्रासमा जहाजमै क्वारेन्टाइन व्यवस्था गर्यो। क्रुजको क्वारेन्टाइनमा बसेका डेभिड र साली अबेल अक्सफोर्डसाइरका नागरिक हुन् । कोरोना भाइरसको संक्रमणपछि उनीहरुले तयार गरेको भिडियोले सामाजिक संजाल तरंगित भएको थियो।
यी जोडी डायमण्ड प्रिन्सेज क्रुजमा सवार थिए । ७४ वर्षीय डेभिडले अस्पताल पुगेपछि मात्र आफू अस्वस्थ भएको पत्तो पाए।उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, अस्पताल बाहिर म अनौठो र सकिएको महसुस गरेको थिए । मेरो शरीरले केही महसुस गर्न सकेको थिएन । मलाई ह्विलचेरमा राखिएको थियो ।
अस्पतालले यी जोडिलाई निमोनियापछि कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको थियो ।
अमेरिकाको क्यालिफोर्नियास्थित सान्ता क्लारिताका कार्ल गोल्डम्यान पनि डायमण्ड प्रिन्सेज क्रुजमा थिए । उनी भाइरस संक्रमित भएकी थिइन् । तर भाइरसले उनलाई धेरै दुस्ख दिएन। उनी भन्छिन्, सामान्य ज्वरो र थोरै कफ मात्र थियो । तर अमेरिका फर्केपछि उनलाई क्वारेन्टाइनमा राखियो । पछि विस्तारै मलाई निको भयो।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021