प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पताल बसाइँ केही दिन लम्बिन सक्ने उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई फागुन २८ गते डिस्चार्ज गर्ने तयारी थियो। तर प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि डिस्चार्ज नगरिएको एक चिकित्सकले बताए।

‘अपरेसन गरेपछि घाउ दुखेर ज्वरो आउँछ। उहाँलाई पनि सामान्य ज्वरो आएकाले डिस्चार्ज नगरिएको हो,’ ती चिकित्सकले भने,’उहाँको रगत र पिसाब परीक्षणका लागि पठाइएको छ। कतिपय रिपोर्टहरू आउन समय लाग्छ। त्यही भएर केही दिन बसाइँ लम्बिन लागेको हो।’
चिकित्सकहरूका अनुसार बालुवाटार गएपछि प्रधानमन्त्री भेटघाटमा बढी व्यस्त हुने भएकाले प्रधानमन्त्रीलाई केही दिन अस्पताल राख्न खोजिएको हो। प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि प्रधानमन्त्रीलाई केही दिन अस्पताल राख्न चाहेकी छन्।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021