भारतले रद्द गर्‍यो सबै पर्यटक भिसा, सात देशबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा राख्ने

 

भारतले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न कुनै पनि देशका नागरिकलाई पर्यटक नदिने भएको छ।

बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेसँगै भारतले विश्वसँगको सम्पर्कबाट आफूलाई अलग राख्ने निर्णय गरेको हो। अब अप्रिल १५ सम्म कुनै पनि देशका नागरिक पर्यटक भिसामा भारत आउन पाउने छैनन्।

तर कूटनीतिज्ञ, संयुक्त राष्ट्र तथा अन्तर्राष्ट्रिय संगठन, रोजगार र परियोजनामा काम गर्ने विदेशीहरूका भिसा भने कायम रहनेछन्।

भारतकै नागरिक भए तापनि यदि उनीहरू चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आएका थिए भने उनिहरू १४ दिन सम्म क्वारन्टिनमा बस्न पर्ने भएको छ।

Facebook Comments