२०११ मा सार्वजनिक हुँदा खासै व्यापार गर्न नसकेको अङ्ग्रेजी चलचित्र ‘कन्टेजन’ (Contagion) लाई सफल चलचित्र भन्न सकिने आधार न्यून छ।
म्याट डेमन, ज्यूड ल, ग्वेइनेथ प्याल्ट्रो, केट विन्स्लेट र माइकल डग्लसजस्ता ख्यातिप्राप्त कलाकारले अभिनय गरेको भए पनि त्यो वर्ष उक्त चलचित्र कमाइका हिसाबले विश्वभरि ६१औँ स्थानमा थियो।

तर केही समययता गुगलमा उक्त चलचित्रको नाम खोज्ने क्रम बढेको छ। कन्टेजन अमेरिकाको एपल आईट्यून (iTune) स्टोरमा आश्चर्यजनक रूपमा चर्चित हुँदै गएको छ।
कोन्टेजन निर्माण गर्ने कम्पनी वार्नर ब्रदर्स फिल्म स्टूडिओका अनुसार गत डिसेम्बरमा उसको सूचीमा उक्त चलचित्र २७० औँ स्थानमा थियो।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021