दाङको पहाडी गाउँपालिका बंगलाचुलीले आर्थिक रूपमा विपन्न परिवारका लागि ‘आवास निर्माण’ गरिदिएको छ। गाउँपालिकाले तीन करोड रुपैयाँको लागतमा निर्माण भएका घर विपन्न परिवारलाई निःशुल्क उपलब्ध गराएको हो। तर, ती घरमा राख्ने गरिब परिवार वडाले नभेट्दा अधिकांश घर निर्माण सम्पन्न भएपछि पनि खाली नै छ।
सङ्घीय सरकारको विशेष अनुदान २ करोड ६४ लाख र गाउँपालिकाको ३६ लाख रुपैयाँबाट गत वर्ष बंगलाचुली गाउँपालिकाको चारवटा वडाका पाँच स्थानमा दुई कोठे ३० वटा घर निर्माण गरिएको बंगलाचुली गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोपाल केसीले बताए। ‘विपन्न समुदायको लागि आवास निर्माण गरिएको हो,’ उनले भने। निर्माण भएका आवासमा केही विपन्न परिवारका सदस्य बस्न थालेका उनको दाबी छ।

- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021