चितवनमा कोरोना संक्रमीत कोहि छैनन हल्लाको पछाडी नलाग्नोस भरतपुर अस्पतालका प्रमुख

 

 

फागुन २९ चितवन । चितवनका तीन जना व्यक्तिको नोबल कोरोना भाइरस परीक्षण गरिएकोमा दुई जनाको नेगेटिभ रिपोर्ट आएको  छ  । एक जनाको भने रिपोर्ट आउन बांकी रहेको भरतपुर अस्पतालले जनाएको छ ।

कोरोना रोग रोकथाम र नियन्त्रण समन्वय समितिको बैठकपछि जारी भएको विज्ञप्तिमा  दुई जनाको नमुना परीक्षण गरिएकोमा दुवैको नेगेटिभ आएको र आज गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको  उल्लेख छ । बिरामीको नमुना केन्द्रीय प्रयोगशालामा पठाइएको छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा .श्रीराम तिवारीका अनुसार  आइसलेसन वार्डलाई विस्तार गरेर १९ शैयाको बनाइएको छ । बिहीबार बसेको रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले सरकारले निर्देशन गरे बमोजिम जनचेतनामूलक र अन्य नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

Facebook Comments