बिशेष कारण पोलिथिन घोषणा कार्यक्रम रद्ध

 

बुटवल, फागुन २९ / तिलोत्तमा नगरपालिकाले शुक्रबारको लागि आयोजना गरेको शुन्य पोलिथिन तथा पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषणाको सार्वजनिक कार्यक्रम रद्ध भएको छ ।
तिलोत्तमा नगरपालिकाले सूचना जारी गरि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको जोखिमका र नेपाल सरकारको सभा सम्मेलन तथा जमघट समेत नगर्ने निर्णयलाई ध्यानमा राखिा उक्त कार्यक्रम रद्ध गरिएको जानकारी दिएको छ ।
यसअघि नगरपालिकाले विहिबार विहान पत्रकार सम्मेलन गर्दै शुक्रवार विशेष समारोहका विच नगरपालिका क्षेत्रलाई शुन्य पोलिथिन र पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषणा गर्न लागिएको जानकारी दिएको थियो ।


नगरप्रमुख बासुदेव घिमिरेले पछिल्लो समय कोरोनाको त्रास नेपालमा समेत फैलिएकोले सार्वजनिक कार्यक्रम गर्दा संक्रमणको जोखिम बढ्न सक्नेतर्फ ध्यान दिंदै खुल्ला कार्यक्रम रद्ध गरिएको जानकारी दिए ।


नगरप्रमुख घिमिरेले लामो समयदेखि फागुन मसान्त भित्रै नगरपालिकालाई शुन्य पोलिथिन र पूर्ण सरसफाई उन्मुख नगर घोषणाको लागि समुदाय स्तरबाट समेत अभियान संचालन गरिएको अवस्थामा गरिएको कार्यक्रम रद्ध हुंदा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेका छन् ।
यद्धपी नगरपालिकाले सामान्य कार्यक्रम आयोजना गरि नगरपालिकालाई शुन्य पोलिथिन तथा पूर्ण सरसफाई उन्मुख नगर घोषणा भने गरिने जनाएको छ ।

Facebook Comments