भरतपुर अस्पतालको सूचना बङ्ग्याएर कोरोना भाइरसको संक्रमणका बारेमा सामाजिक सञ्जालमा भ्रम र त्रास फैलाउनेको पहिचान

भरतपुर अस्पतालको सूचना बङ्ग्याएर कोरोना भाइरसको संक्रमणका बारेमा सामाजिक सञ्जालमा भ्रम र त्रास फैलाउनेको पहिचान भएको चितवन प्रशासनले जनाएको छ । बिहीबार दिउँसो भरतपुर अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिलाई तोडमोड गरी सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो । भरतपुर अस्पतालले बिहीबार दिउँसो कोरोना रोकथाम तथा नियन्त्रणका लागि चालेको आवश्यक कदमका बारेमा प्रेस विज्ञप्ति सार्वजनिक गरेको थियो । सो विज्ञप्ती बङ्ग्याएर अफवाह फैलाउनेको पहिचान भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले  जानकारी दिए ।

चिनिया राजदुतको प्रोफाइल तस्विर राखेर शलिना गुरुङको नामबाट फेक आइडी बनाएर अफवाह फैलाइएको उनले बताए । ‘सूचना तोडमोड गर्नेले आफ्नो पोष्ट हटाइसकेको छ,उनले भने’,पक्राउ गरेर साइबर क्राइम व्यूरोमा पठाउँछौं ।’ उनले दुई दिनको अवधिमा दुई जनालाई पक्राउ गरेर कारवाहीका लागि पठाएको जानकारी दिए ।

Facebook Comments