रामपुर माविमा भूपू विद्यार्थी संगठन गठन

 

रामपुर । पश्चिम चितवनमा रहेको रामपुर माध्यमिक विद्यालयमा बिहीबार भूतपूर्व विद्यार्थीहरुको संगठन गठन गरिएको छ ।

पूर्वविद्यार्थीहरुको भेलाले भूतपूर्व विद्यार्थी संगठन गठन गरेको हो । भरतपुर महानगरपालिका १५ स्थित विद्यालयमा सम्पन्न भेलाले श्रीकृष्ण देवकोटाको संयोजकत्वमा समिति गठन गरिएको छ । भेलाले ३४ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा अनिल ढकाल र कोषाध्यक्षमा इन्दिरा ढकाल चयन भएका छन् । त्यस्तै, पूर्वविद्यार्थीहरुलाई सहभागी गराउनका लागि पूर्वविद्यार्थी मणि पण्डित र विद्यालयका सहप्रधानाध्यापक प्रदीप काफ्लेलाई आइटी संयोजकको जिम्मेवारी दिएको छ ।

Facebook Comments