कोरना र नेपालको देवता पशुपतिनाथ।

 

यतिबेला बिश्वलाई नै आतन्कित पारिरहेको कोरना भाइरस र यसबाट वच्न नेपाल सरकारले कस्तो तयारी गरिरहेको छ त्यो नै कौतुहलताको बिषय छ।सन्सारका बिकशित देशहरु चाइना , कोरिया , अमेरिकालाइ त हम्मे हम्मे पारेको यो भाइरस नेपालमा देखियो भने के हालत होला?

हामी नेपाली , नेपाल सरकार श्री पशुपतीनाथ छन भनेर ढुक्क भए जस्तो देखिन्छ।कोरना भाइरस यदि नेपालमा छिर्यो भने के गर्ने भन्ने प्राबिधिक पक्ष देखि यसलाइ रोकथाम गर्ने योजना समेत बनाउन सकेको छैन।स्कुल कलेज ५ गते देखि बन्द गर्ने घोषणा गरेको छ र लाग्दैछ कि कोरनाले आफै नेपाल सरकारलाइ फोन गरेर ६ गतेबाट आउदैछु भनेर सुचना दिए जस्तै।

नेपालमा अहिले सम्म कोरना सन्क्रमित एकजनालाइ पनि देखिएको छैन तर देखियो भने नेपाल सरकारको कुनै योजना छ जस्तो देखिदैन।यदि एकजनालाइ मात्र संक्रमण देखियो भने उ सङ्ग उठ्बश गर्ने को को थिए को को लाई भेटेको थिए ती सबैलाइ कोराइनटाइनमा राख्नु पर्छ तर के त्यो नेपाल सरकारले योजना गरि सकेको छ त।अहिले त बास्तबमा सबै स्कुल कलेज बन्द गरि सो कक्षा कोठालाइ कोराइन्टाइन कोठामा परिणत गर्नु पर्छ ।अहिले चाइनाले यो रोग सङ्ग लड्न नेपाललाइ सहयोग गर्छु भनेको बेलामा तुरुन्त उसको अनुभब सहितको प्राबिधिक टोलिबाट सहयोग लिनु पर्छ।

बिदेशबाट आउने सबै नाकाहरु बन्द गरिनुपर्छ किनकी सबै बिदेशबाट आउने नेपाली र बिदेशीलाई १४ दिनसम्म नेपालले कोराइनटाइनमा राख्न सक्षम पनि छैन।यदि एकजना मात्र सन्क्रमित नेपाल भित्र पसेभने भयाबह स्थिती आउन सक्छ।

बेलैमा सचेत रहौ र स्थानिय तहदेखी यो भाइरस पस्न नदिने र पसिहालेमा यसको रोकथाम गर्न सक्ने खालका योजना बनाइहाल्नु पर्छ।स्थानिय सरकार तथा मेयर देखि वडा अध्यक्ष र सरकारी कर्मचारी पनि सनिबार या बिदाको दिनपनी नभनी यस गम्भीर भाइरसबाट पशुपतीनाथको मात्र भर नपरी कसरी छुटकारा पाउन सकिन्छ भन्ने योजना बनाउनतिर लागौ।।

पानीको मात्रा बढी प्रयोग गरौ।साबुन पानीले हात मिचिमिची धुने गरौ।हरियो सागसब्जीको प्रयोग र कम्तिमा पनि दिनको १ घण्टा ब्यायाम गर्ने गरौ।भिडभाडमा नजाऔ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *