विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको “केन्द्रबिन्दु” अब युरोप भएको जनाएको छ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन्।
“यो आगोलाई बल्न नदिऊँ,” उनले भने। थुप्रै युरोपेली देशमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने मानिसको सङ्ख्यामा उल्लेख्य वृद्धि भएका विवरण आइरहेकै बेला महानिर्देशक टेड्रोसले यस विषयमा बोलेका हुन्।
इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो। अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।
इटलीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ।
त्यहाँ शुक्रवार मृत्यु हुने मानिसको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भई १२० र सङ्क्रमित हुने मानिसको सङ्ख्या ४,२३१ पुगेको छ।
प्रधानमन्त्री पेद्रो सान्चेजले शनिवारदेखि दुई हप्तासम्म लागु हुने गरी सतर्कताको अवस्था कायम गरिने बताएका छन्।
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021
- रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै - January 27, 2021