- 2Shares
चालु आर्थिक वर्षमा काठमाडौंका विभिन्न स्थानमा आकाशे पुल थप्ने निर्णय भएका थिए। विभिन्न निकायबाट भएका उक्त निर्णयअनुसार केही ठाउँमा पुल निर्माणको काम भइरहेका छन्।
तर, निर्माण कार्य ढिलोगरी सुरु हुँदा तोकिएको समयाधि बितिसक्दा पनि पुल बन्न सकेको छैन। यसबाट पैदलयात्रुले सास्ती बेहोर्नुपरेको छ। फुटपाथमा निर्माण सामग्री छरिएका कारण पैदल हिँड्ने सर्वसाधारणले थप सास्ती बेहोर्नुपरेको हो।
अघिल्लो वर्ष नै निर्माण सुरु भएको नयाँ बानेश्वर चोकको पुल अझैसम्म बनेको छैन। सडक विभागअन्तर्गत निर्माण भइरहेको उक्त पुलको ठेक्का २०७५ सालमा पवन प्रकृति जेभीलाई दिइएको थियो। ठेक्का दिएको ९ महिनाभित्र निर्माण गरिसक्नुपर्ने पुलको काममा ढिलाइ हुँदा आगामी असारसम्मको समय थप गरिएको छ। पुल निर्माणका लागि ल्याइएका सामग्री फुटपाथमा लामो समयदेखि असरल्ल राखिँदा आवातजावतमा कठिनाइ भएको पैदलयात्रुको गुनासो छ।
सडक विभागका डिजाइन प्रमुख कुवेर नेपाली भने संरचना निर्माण भइरहेको समयमा केही समस्या हुने बताउँछन्। ‘पुल निर्माण भइरहेको छ, निर्माण सामग्री चाहिन्छ,’ उनले भने, ‘निर्माण हुँदासम्मको समयमा पैदलयात्रुलाई केही सास्ती हुनु स्वाभाविक नै हो।’
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021