कोरोनाभाइरस महामारीबाट नराम्ररी प्रभावित युरोपका तीनवटा देशबाट प्राप्त तथ्याङ्कमा उक्त भाइरसका कारण त्यहाँ एकै दिनमा मृत्यु हुने मानिसको सङ्ख्या अहिलेसम्मकै उच्च भएको देखिएको छ।
यूकेमा पनि एकै दिनमा ज्यान गुमाउने बिरामीको सङ्ख्या सर्वाधिक पुगेको छ। आइतवार १४ जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ३५ पुगेको छ।

महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप युरोपका देशहरूले नागरिकहरूको हिँडडुलमा प्रतिबन्ध लगाएका छन् तथा सीमामा कडाइ गरेका छन्।
जर्मनीले सोमवार बिहानदेखि फ्रान्स, स्विट्जरल्यान्ड, अस्ट्रिया, डेनमार्क र लक्सम्बर्गसँगको सीमामा नियन्त्रण गर्न लागेको छ। पोर्चुगलले पनि स्पेनसँगको सीमा बन्द गर्दैछ।
चेक सरकारले काममा जान, आवश्यक सामग्री किनमेल गर्न र कसैलाई आकस्मिक रूपमा भेट्नुपरेमा मात्र जान पाइनेगरी आइतवार मध्यरातिदेखि हिँडडुलमा प्रतिबन्ध लगाएको छ। उक्त प्रतिबन्ध मार्च २४ सम्म लागु हुनेछ।
अस्ट्रियामा पाँच जनाभन्दा बढी मानिस भेला हुन पाउनेछैनन्। रिपब्लिक अफ आयरल्यान्डमा मार्च २९ सम्म सबै मदिरालय बन्द गर्न निर्देशन दिइएको छ।
युरोपभरि विद्यालयहरू बन्द रहनेछन्।
चीनबाट फैलिएको कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। उसले कोभिड-१९ लाई प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारी घोषणा गरिसकेको छ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021