गैरआवसीय नेपाली संघ पोर्चुगलको कोरोना सग साबधान रहन सुचना जारी

कोरना भाइरस (COVID-19) को युरोप व्यापक संक्रमण बढे संगै पोर्चुगल सरकारले स्वस्थ्य स्थितिलाई मध्यनजर राखेर नियन्त्रणकालागि देशव्यापी रूपमा आपतकालीन स्थितिको घोषणा गरेको छ । स्कुल कलेजहरु आजैदेखि बन्द भएका छन् । सीमा जोडिएको एकमात्र छिमेकी स्पेनसंग आजै रातिबाट अप्रिल १५ तारिखसम्मलाई सीमा बन्द गरिएको छ । संक्रमण नियन्त्रणकालागि इमर्जेन्सी ब्यबस्थाहरु गरिएका छन् । भ्रमण र सार्वजनिक कार्यक्रम नियन्त्रणहरु गरिएका छन् । यी प्रयासहरु हुँदा हुँदै संक्रमणबाट आज पोर्चुगलमा एकजना वृद्धको ज्यान गएको छ भने ३३० जना भन्दा बढी संक्रमित भएका छन् ।

यसैबीच हिजो मात्र पोर्चुगलको अल्गार्भ फारो एरियामा एक नेपालीलाई संक्रमण भेटिएको र ७० भन्दा बढी नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको भन्ने समाचार र जानकारीहरु आएसंगै पोर्चुगलको नेपाली समुदायमा पनि व्यापक चिन्ता र चासो छाएको छ ।

पोर्चुगलमा हाल संक्रमणको मात्रा र जोखिमहरु बढ्दै गएकोले पोर्चुगलमा बस्ने सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ सार्वजनिक स्थानमा हुने विभिन्न सभा, सम्मेलन, कार्यक्रम, रेस्टुरेन्ट, बार, डिस्को, सपिङ महल लगायत भिडभाड हुने ठाउँहरु, बजार, पार्क जमघट स्थानहरुमा अत्यावश्यक काम बाहेक नजानु हुन अनुरोध गर्दछौं । यसैगरी सार्वजनिक यातायातहरु मेट्रो, ट्रेन, बस लगायतका साधनहरु सकेसम्म कम प्रयोग गर्नु हुन र स्वयं आफ्नो, परिवारको अनि आफन्तको स्वस्थ्य स्थितिमा सजग रहन र समुदायलाई पनि सचेत गराउन हार्दिक अनुरोध गर्दछौं ।

पोर्चुगलमा रहेका कुनैपनि नेपालीलाई यो भाइरसको संक्रमण वा आशंका वा कुनै संकेत वा समस्या देखिएमा आवश्यक सहयोग जस्तो: एम्बुलेन्स, हस्पिटल वा सम्बन्धित निकायमा खबर गर्ने, प्रारम्भिक जानकारीहरु दिने जस्ता कामहरुमा मद्दत पुर्याउन एनआरएनए पोर्चुगलले निम्न बमोजिम रहेको सहयोग समन्वय (हेल्प डेक्स) समिति गठन गरेको जानकारी गराउँदछौं ।

संयोजक : विक्रमजंग कुँवर (+351 920 571 286)
उपसंयोजक : दिनेश भण्डारी (920 518 531)

सदस्यहरु :
राजन ढुंगाना (+351 920 491 092)
सुमन शर्मा चौलागाईं (+351 920 461 467)
सम्झना अधिकारी (+351 920 127 431)
अनिल शर्मा (+351 920 027 581)
शिव वाग्ले (+351-920 457 247)

(यो भाइरस सम्बन्धी कुनै शंका लागेमा वा समस्या देखिएमा जानकारीकालागि २४ घण्टे नि:शुल्क हटलाईन नम्बर : 808242424 सम्पर्क गर्नुहोला)

कोरना भाइरसबाट बच्ने केही उपायहरु :

१) साबुनपानीले बारम्बार राम्रोसंग हात धुने, व्यक्तिगत सरसफाइमा अत्याधिक मात्रामा ध्यान दिने ।
२) सकभर कसैसंग हात नमिलाउने, अंगालो मार्ने, हक गर्ने जस्ता कामहरु नगर्ने ।
३) बाहिर हिड्दा माक्स, पन्जा नियमितरूपमा लगाउने ।
४) भिडभाडमा नजाने, अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कने ।
५) सार्वजनिक यातायातको प्रयोग सकेसम्म नगर्ने ।
६) शंका लागे वा समस्या देखिए तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्ने ।

“आफुपनि बचौं, अरुलाई पनि बचाऔं।”

गैरआवसीय नेपाली संघ पोर्चुगल ।

Facebook Comments