डिजेल तथा पेट्रोल पर्याप्त भएकै अवस्थामा काठमाडौं उपत्यकाका पम्प सञ्चालकहरूले बिक्री बन्द गरेका छन्। पम्प सञ्चालकहरूले सोमबार रातिबाट मूल्य समायोजन हुने भन्दै डिजेल र पेट्रोल बिक्री गर्न बन्द गरेका हुन्।
सोमबार कुपन्डोल, पुल्चोक क्षेत्रका अधिकांश पम्प तेल नभएको भन्दै बन्द गरिएको छ। उपत्यकाका कतिपय पम्पमा पेट्रोल/डिजेल छैन भन्ने सूचना टाँसेर सटर लगाइएको छ। यसबाट सर्वसाधारणको दैनिकी प्रभावित बन्न पुगेको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पर्याप्त रहेको, तर पम्प सञ्चालकका कारण बजारमा अभावजस्तो अवस्था देखिएको जनाएको छ। पेट्रोलियम पदार्थको अभावभन्दा पनि महँगोमा किनेर सस्तोमा बिक्री गर्नुपर्ला भन्ने डरले व्यवसायीले पम्प नै बन्द गर्न पुगेको निगमको थानकोट डिपोका प्रमुख विनितमणि उपाध्याय बताउँछन्। उनका अनुसार निगमले व्यवसायीलाई पेट्रोल तथा डिजेल लैजान आग्रह गरे पनि उनीहरूले लिन मानिरहेका छैनन्।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021