३ चैत, बुटवल । उपचाररत एक महिलाको मृत्युपछि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा तनाव उत्पन्न भएको छ ।
नवलपरासी बर्दघाट नगरपालिका–२ बाट दाँतको उपचारका लागि आएकी यमकुमारी पुनको अस्पतालले लापरबाही गरेकै कारण मृत्यु भएको भन्दै उनका आफन्तजनले चिकित्सकमाथि समेत हातपात प्रयास गरेका छन् ।

अस्पतालमा प्रहरी र बिरामीका आफन्तबीच धकेलाधकेल भएको छ । मृतकका देवर धर्मबहादुर पुनले दातको उपचार गर्दा भाउजुले अकालमै ज्यान गएको बताए । अस्पतालमा विवाद भएपछि बाक्लो संख्यामा परिचालित प्रहरीले उनीहरुलाई अस्पताल गेटबाहिर पुर्याएको छ ।
अहिले जिल्ला प्रहरी कार्यालयबाट ७० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डीएसपी खड्कबहादुर खत्रीले बताए ।
अस्पताल व्यवस्थापक कमल ढकालले आक्रमणबाट चिकित्सकसहित २० जनाभन्दा बढी घाइते भएको बताएको छ । मृतकको शव परिवारजनले बुझिसकेको अस्पतालले जनाएको छ ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021