काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विद्यालयहरुलाई आगामी चैत ७ भित्र आवश्यक विवरण तत्काल पठाउन पत्राचार गरेको छ । केन्द्रले अनुदान प्राप्त गरिरहेका विभिन्न जिल्लाका ३० विद्यालयलाई तत्काल विवरण नपठाए सुविधा कटौती गरिदिने स्पष्ट पारेको छ ।
नमुुना विद्यालय छनोट भएका विद्यालयहरुले न्युनतम रुपमा नमुना विद्यालयका लागि स्वीकृत गुरुयोजना, अंग्रेजी, गणित र विज्ञान विषय शिक्षकको विवरण, निर्देशिकाबमोजिम प्रधानाध्यापकको नियुक्तिको विवरण केही विद्यालयले अझै उपलब्ध नगराएको केन्द्रले जनाएको छ ।

केन्द्रले चैत ७ भित्र पनि विद्यालयले विवरण नपठाएमा आगामी वर्षमा नमुना विकासका लागि नेपाल सरकारबाट प्रदान गरिने सुविधा कटौती हुन सक्ने अवस्था आउने बताएको छ ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021