/वे ग्रुपबाट मास्क र हेण्ड सेनिटाइजहरु वितरण

वे ग्रुपबाट मास्क र हेण्ड सेनिटाइजहरु वितरण

 

चितवन, चैत ३-

सरसफाइको क्षेत्रमा काम गर्दै आएको वे ग्रुपले नेपालले कोरोना भाइरसको जोखिम कम गर्नका लागि विभिन्न संघसंस्थामा मास्क वितरण गरेको छ ।

संस्थाको २०३ औं श्रृखलाको नियमित कार्यक्रमअन्तर्गत आज भरतपुरमा रहेका आदर्श गृह, मानवसेवा आश्रम, हाम्रो घर साहाराको घर, पीटुसीटुमा १५० थान मास्क र पाँच थान हेण्ड सेनिटाइज वितरण गरिएको अध्यक्ष भोजनारायण कडेँलले जानकारी दिए ।

छुट्टा छुट्टै समूहहरु बनाई एकै समयमा पाँच स्थानमा कार्यक्रम गरिएको थियो । सरसफाइ स्वास्थ्यको लागि भन्ने अभियान अहिलेको सन्दर्भमा जोड्दै दोस्रो पटक उपयुक्त स्थानमा गई केही मास्क र हेण्ड सेनिटाइजहरु वितरण गरेको अध्यक्ष कडेँलले जानकारी दिए ।
वे ग्रुपले यसअघि चौबिसकोठी भरतपुरमा १५० सवारीसाधनका चालक र सहचालकहरुलाई निःशुल्क मास्क वितरण गरेको थियो ।

Facebook Comments