/समुदाय आफैँले कोरोनाभाइरससँग जुध्न स्यानिटाइजर बनाउनुभन्दा हात धुनु उपयोगी हुने प्रतिक्रिया

समुदाय आफैँले कोरोनाभाइरससँग जुध्न स्यानिटाइजर बनाउनुभन्दा हात धुनु उपयोगी हुने प्रतिक्रिया

 

ललितपुर महानगरपालिकाको लिखित अनुरोधमा कोरोनाभाइरससँग सम्बन्धित सचेतना अभियान अन्तर्गत त्यहाँका प्रत्येक वडाका प्रतिनिधिहरूलाई स्यानिटाइजर उत्पादनबारे आइतवारबाट ६ दिने प्राविधिक तालिम दिइरहेको नास्टले जनाएको छ।

कोभिड-१९ को सङ्क्रमण देखापरेसँगै बजारमा मास्क र स्यानिटाइजर जस्ता सामग्रीको अभाव भएका विवरण आइरहेका छन्।

यस्तोमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार बजारमा सहजै पाइने र घरेलुस्तरमा नै उपलब्ध सामग्रीहरूको प्रयोग गरी कीटाणुनाशक स्यानिटाइजर बनाउन सिकाउने उद्देश्य आफ्नो तालिमले लिएको नास्टको भनाइ छ।

तर विज्ञहरूले रसायनको प्रयोग गरी सुपरीवेक्षण विना समुदाय आफैँले कोरोनाभाइरससँग जुध्न स्यानिटाइजर बनाउनुभन्दा हात धुनु उपयोगी हुने प्रतिक्रिया दिएका छन्।

Facebook Comments