भरतपुर ३ चैत्र,
डि. आर. साइकल स्टोर्स, नारायणगढ, चितवनले पहिलोपटक आयोजना गरेको साइकल फोटो कन्टेस्टका विजेताहरुलाई सोमबार एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिएको छ।
नारायणगढमा आयोजना गरिएको वेडिङ एक्सपो२०७६को अवसरमा गरिएको फोटो कन्टेक्स्टमा प्रथम भएका जोन कँडेललाई तीन हजार रुपैयाँ, द्वितीय हुने रोनिस कर्मचार्यलाई दुई हजार रुपैयाँ र तृतीय हुने रामचन्द्र सुवेदीलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो । एक्सपोको आईजक दाताज इभेन्टका प्रमुख दाताराम घिमिरे,चितवन साइकल राइडर्स क्लबका अध्यक्ष नविन खरेल र डि. आर. साइकल स्टोर्सका सञ्चालक धर्मराज सापकोटाले उनीहरुलाई पुरस्कार प्रदान गरे ।
विजेताहरुले प्राप्त पुरस्कार सोही कार्यक्रममा सामाजिक कार्यमा सकृय मौरी समूहलाई प्रदान गरेका थिए
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021