नेपालमा हालसम्म गरिएका कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी जाँचको गुणस्तरमा प्रश्न उठाउन नसकिने तर कोभिड-१९ को यकिन अवस्था थाहा पाउन अझ बढी नमुनाहरू परीक्षण गरिनुपर्ने सरकारी अधिकारी तथा विज्ञहरूले बताएका छन्।
मंगलबारसम्म ४ सय ९६ वटा नमुना जाँच गरिएकोमा एक जनामा कोरोना सङ्क्रमण देखिएको र ती व्यक्ति निको भइसकेको अधिकारीहरू बताउँछन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार मङ्गलबार २५ वटा नमुनाको जाँच भइरहेको छ र साँझसम्म त्यसको नतिजा आउने ठानिएको छ।
त्यसमा इटली र चीनबाट आएका पर्यटक अनि राजधानी बाहिरका विभिन्न स्थानबाट सङ्कलन गरिएका शङ्कास्पद् नमुना रहेका छन्।
‘गुणस्तरमा शङ्का गर्नुपर्दैन‘
राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओले) तोकेका मापदण्डका आधारमा नमुनाहरूको परीक्षण गरिएकाले अहिलेसम्म गरिएका सबै परीक्षणहरू विश्वस्नीय छन्।
उनी भन्छन्, “कोभिड-१९ जाँचको लागि डब्लुएचओले मान्यता दिएको मापदण्ड अनुसार विश्वभर गरिँदै आएको पिसिआर विधिबाटै हामीले परीक्षण गरिरहेका छौँ। हाम्रो आन्तरिक रूपमा पनि गुणस्तर सुनिश्चित गरिएकाले हाम्रो परीक्षण क्षमतामा प्रश्न उठाउने ठाउँ छैन।”
उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गरिएका नमुनामध्ये पाँचदेखि १० प्रतिशत थप परीक्षणका लागि डब्लूएचओको प्रक्रियाअनुसार सिङ्गापुर र थाइल्याण्डमा पठाउने गरिएको उल्लेख गरे।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021