नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ।
यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ? यसका लक्षणहरू के हुन्? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ? यसको उपचार कसरी हुन्छ?

महामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ।
त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको विस्तृत समीक्षा लान्सिट मेडिकल जर्नलमा प्रकाशित भएको छ।
फोक्सोमा आक्रमण
ती सबै ९९ बिरामीलाई अस्पताल लगिँदा निमोनियाको सङ्क्रमण देखिएको थियो।
अन्य लक्षण यस्ता थिए:
- ८२ जनालाई ज्वरो आएको थियो
- ८१ जनालाई रुघाखोकी लागेको थियो
- ३१ जनाको श्वासप्रश्वासमा समस्या भएको थियो
- ११ जनालाई मांसपेशी दु:ख्ने समस्या थियो
- ९ जनामा मिश्रित समस्या देखिएको थियो
- ८ जनालाई टाउको दु:खेको थियो
- ५ जनाको घाँटीमा सङ्क्रमण भएको थियो
प्रारम्भिक मृत्यु
ज्यान गुमाउने प्रथम दुई बिरामी लामो समयदेखि धूमपान गर्ने व्यक्ति भए पनि झट्ट हेर्दा सामान्य देखिन्थे।

तर चुरोटले उनीहरूको फोक्सो कमजोर बनाएको हुन सक्छ।
तीमध्ये ६१ वर्षीय पुरुषलाई अस्पताल ल्याइँदा गम्भीर अवस्थाको निमोनिया भएको थियो। उनको फोक्सोले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गर्न सकेको थिएन।
भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनले सास फेर्न छाडे।
अस्पताल भर्ना भएको ११ दिनपछि उनको मृत्यु भयो।
अर्का बिरामी ६९ वर्षीय पुरुष थिए। उनलाई सास फेर्न गाह्रो भएको थियो।

उनलाई एउटा कृत्रिम फोक्सोको सहायतामा राखियो।
गम्भीर निमोनिया र शरीरभरि सङ्क्रमण फैलिएपछि रक्तचाप ह्वात्तै घट्यो र उनको मृत्यु भयो।
कम्तीमा १० प्रतिशतको मृत्यु
ज्यानुअरी २५ सम्ममा ती ९९ बिरामीमध्ये
- ५७ जना अझै अस्पतालमा छन्
- ३१ जना घर फर्केका छन्
- ११ जनाको मृत्यु भएको छ
त्यसको अर्थ यस रोगको मृत्युदर ११ प्रतिशत हो भन्ने चाहिँ होइन।
अस्पतालमा भएका केहीको अझै ज्यान जान सक्छ भने सामान्य लक्षण देखिएका धेरै मानिस अस्पताल नै नआएका पनि हुन सक्छन्।
वुहानमा पहिला पुष्टि भएका ४२५ सङ्क्रमणमा आधारित
- ५९ वर्षसङ्क्रमित व्यक्तिको औसत उमेर
- ८९%सङ्क्रमण भएको कम्तीमा पाँच दिनसम्म अस्पताल भर्ना भएनन्
- ५६%सङ्क्रमित व्यक्ति पुरुष
- ५५%नयाँ वर्षअघि भएका सङ्क्रमणको समुद्री खाद्यपदार्थसँग सम्बन्ध
स्रोत: The New England Journal of Medicine
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021