चितवन — भरतपुर अस्पतालले अहिलेसम्म कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको आशंकामा चारजना व्यक्तिको नमुना परीक्षण गरेको छ । परीक्षण गराएका चारै जनामा कोरोना संक्रमण नदेखिएको पनि अस्पतालले जनाएको छ ।
पछिल्लो पटक भारत भ्रमण गरेर आएकी एक जना महिलामा बिरामी भएपछि भरतपुर अस्पतालले नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाएको थियो । काठमाडौंबाट सोमबार साँझ प्राप्त परीक्षण नतिजामा उनमा संक्रमण नदेखिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले लण्डन काठमाडौलाई जानकारी दिए ।

अस्पतालले यसअघि पनि तीनजना व्यक्तिको नमुना परीक्षणका लागि काठमाडौं पठाएको थियो । उनीहरुमा पनि संक्रमण देखिएको थिएन ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021